arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

यस वर्षको मनसुन सुरु, सक्रिय हुन केही दिन लाग्नेtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ १, विहीवार)

यस वर्षको मनसुन सुरु भएको छ । यस वर्ष तीन दिन ढिलो गरी मनसुन सुरु भएको हो ।


यद्यपि, गत वर्षको तुलनामा भने यो अलिक चाँडो नै सुरु भएको हो । मनसुन सुरु भएसँगै धान रोप्न कृषकहरुलाई चटारो पनि बढ्नेछ ।

नेपालको अधिकतर जमिन अहिलेपनि आकाशेपानीमा निर्भर छ । जेठको अन्तिम र असारको पहिलो साता लाग्दा पनि पानी नपरेपछि अधिकांश कृषकको आँखा आकाशतिर सोझिन्छन् ।

आकाशमा कहिले कालोबादल मडारिएला र पानी पर्ला भन्ने पर्खाइमै कृषकको समय गुज्रन्छ । यस वर्ष मनसुन सुरु हुनुपूर्व केही भागमा पानी परिरहेकाले वर्षातको समयमा ढिलो गरी पानी पर्ने हो कि भन्ने चिन्तामा आमकृषक रहेकाबेला सोमबारदेखि मनसुन सुरु भएको छ ।

सोमबारबाट मनसुन सुरु भएपनि सक्रिय हुन भने अझै केही दिन लाग्ने छ ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वी नेपालमा प्रवेश गरेकाले अब क्रमशः पानी पर्दै जाने मौसमविद् राजुधर प्रधानांग बताउँछन् ।

अचाक्ली गर्मी बढेकाले आलसतालसमा परेका सर्वसाधारण पनि पानी कहिले पर्ला र राहत महसुस गर्न पाइला भन्ने खोजीमा छन् ।

मौसम विभागले केहीदिनमै मनसुन सक्रिय हुने बताएपनि पूर्वी नेपाल हुँदै पश्चिम नेपालसम्म पुग्न केही दिन लाग्नेछ भने पश्चिमसम्म पुग्दा पानीको मात्रा पनि कम हुँदै जाने गर्दछ ।

पूर्व र काठमाडौं क्षेत्रमा तत्काल पानी पर्ने बताइएपनि पश्चिम नेपालले अझै केही दिन कुर्नुपर्नेछ ।

यस वर्ष औसतमात्र वर्षा हुने र मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा त कममात्र वर्षा हुने अनुमान मौसमविद्हरुको छ ।

असारको मध्यसम्ममा धानबाली लगाउन नसके पहाडी क्षेत्रमा राम्रो उत्पादन नहुने भएकाले मनसुन कहिले सुरु हुन्छ भन्ने विषयले निकै महत्व राख्ने धानबाली विशेषज्ञहरुको भनाइ छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार गर्ने
बुद्ध जन्मस्थलको लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्यो
काठमाडौंमा सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाही
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका र कार्यक्रम सार्वजनिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736