arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मानtext size increase   text size decrease   Print    rss (२०७४ पौष ३०, आइतवार)

world news

कृष्ण खनाल

बुटवल, पुस २९ । पूर्व उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले अवको सरकारले देशमै रोजगारीको व्यवस्था गर्ने बताएका छन् । छत्रदेव अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीनै तहको निर्वाचन सकिएकाले युवालाई अब स्वदेशमै रोजगार दिएर देशलाई आर्थिक सम्बृद्धिको बाटो तर्फ लैजानुपर्ने बताए ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा अर्घाखाँची प्रतिनिधिसभा सदस्य समेत रहेका नेता रायमाझीले अर्घाखाँचीलाई विकास निर्माणको नमुना जिल्लाका रुपमा परिचित बनाउन जिल्लाका सबै दलसँग समन्वय गरेर काम गरिरहेको उल्लेख गरे । उनले निर्वाचनबाट जनताले बाम गठबन्धनलाई बहुमत दिएकाले अव बन्ने सरकारले युवालाई स्थानीय स्तरमै रोजगारीको अवसर प्रदान गर्ने बताए । देश विकासमा सबै पार्टी र नागरिक मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।

अर्घाखाँची प्रदेशसभा १ का सदस्य चेतनारायण आचार्यले अर्घाखाँचीलाई कृषि, उद्यम, पर्यटन र जलविद्युतको रुपमा नमूना जिल्ला बनाउने गरी विकास निर्माणको खाँचो औंल्याउँदै यसका लागि आफू जनताको सेवक बनेर काम गर्ने बताए । 

उनले युवालाई रोजगारी प्रदान गर्न नसके युवाहरुको विदेश पलायन नरोकिने र सिंगो अर्घाखाँची जिल्ला युवाबिहीन हुने बताउँदै युवालाई गाउँमै रोजगारी सिर्जना गर्नु अपरिहार्य रहेको बताए ।

अर्का प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले निर्वाचनका बेला आफूहरुले जारी गरेका घोषणापत्रलाई अव कार्यान्वयन गर्नुको विकल्प नभएको बताउँदै अव बन्ने प्रदेश र केन्द्र सरकारको काम उत्पादन वृद्धि र रोजगारी सिर्जनातर्फ केन्द्रित हुनुपर्ने बताए ।

त्यसअवसरमा प्रदेशसभाका समानुपातिक सदस्य विमला पन्थी, छत्रदेव अर्घाखाँची संयुक्त बाम गठबन्धनका ध्रुव सापकोटा, पुरुषोत्तम अर्याल, दिपक पन्थी, कुलचन्द्र पाण्डे, धवलबहादुर बिसी, शोभाखर पाण्डे, दिनेश फुल्लेल, रुपलाल पन्थी, यमलाल पौडेल लगायतले बोलेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा सहकारी पसल खुलेपछी स्थानिय बासीन्दा खुसियालि
कपिलवस्तुमा माओवादी कार्यकर्ताको हत्या
अर्घाखांची जिल्लामा एटी एम सेवा
अर्घाखाँची को धनचौर गाबिसमा योङ्ग कम्नीस्ट लिगको भेला सम्पन्न भएको छ ।
अर्घाखाँचीडट्कमलाई लाखौं रुपैयाको आर्थिक सहयोग प्राप्त - (सहयोग गर्न विशेष आव्वान)
लोकतन्त्र दिवस सन्धिखर्कमा झिनो उपस्थितिमा मनाइयो - (तस्बिर सहित)
राष्ट्रिय साक्षरता अभियान अर्घाखाँचीद्वारा पारिश्रमिक नपाए भन्दै तालाबन्दी गर्ने चेतावनी
धनचौर गाविसको पाकु गाउँमा विष सेवन गर्दा एकै परिवारका तीन जनाको मृत्यु
अर्घाखाचीको नरपानी गाविस स्थित जगतमा तरकारी खेतीले करोडौ भित्रायो
एकल महिला केन्द्रिय समितिको साहित्यिक भेटघाट कार्यक्रम सन्धिखर्कमा सम्पन्न
अर्घाखाँची धनचौरमा नेकपा एमाले ले ६१औं कम्यूनिष्ट पार्टी स्थापना दिवस मनायो
अर्घाखाँचीका सामुदायिक वन-घरगोठमा दिनहु आगालागी,करोडौ नोक्सान- (तस्बिर सहित)
अर्घाखाँचीमा २४ गाविसका अधिकाश गाउँमा घरैपिच्छे सुधारिएको चुला निर्माण
गुल्मीमा क्याम्पस सञ्चालन भएपछि अर्घखाँचीका विद्यार्थीहरु पनि प्रत्यक्ष लाभन्दित
युवाहरु बिदेशिएपछी बाँझिदैछन् अर्घाखाँचीमा गाउँका खेतबारी
अर्घाखाँची डटकम अब जिल्लादेखी,बिकट पहाडी क्षेत्रलाई नमुना अन्लाइन बनाउने लक्ष्य
अर्घाखाँचीको ठुलापोखरामा लाहुरेको कमाईले खानेपानी र विद्यालय निर्माणमा खर्च
खार्ज्याङखोलामा पुलनिर्माण भएपछी अर्घाखाँची र गुल्मी बासीमा खुसीयाली
कतार जान छाडेर पशुपालनमा लागेका किमडाँडाका मेघराजले मनग्य आम्दानी गरे
अर्घाखाँचीका सबै गाबिसहरूमा टोलैपिच्छे सड्क, स्थानीयबासीलाई यातायातको सुविधा
http://go.oclaserver.com/afu.php?zoneid=1465736