arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मानtext size increase   text size decrease   Print    rss (२०७४ पौष ३०, आइतवार)

world news

कृष्ण खनाल

बुटवल, पुस २९ । पूर्व उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले अवको सरकारले देशमै रोजगारीको व्यवस्था गर्ने बताएका छन् । छत्रदेव अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीनै तहको निर्वाचन सकिएकाले युवालाई अब स्वदेशमै रोजगार दिएर देशलाई आर्थिक सम्बृद्धिको बाटो तर्फ लैजानुपर्ने बताए ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा अर्घाखाँची प्रतिनिधिसभा सदस्य समेत रहेका नेता रायमाझीले अर्घाखाँचीलाई विकास निर्माणको नमुना जिल्लाका रुपमा परिचित बनाउन जिल्लाका सबै दलसँग समन्वय गरेर काम गरिरहेको उल्लेख गरे । उनले निर्वाचनबाट जनताले बाम गठबन्धनलाई बहुमत दिएकाले अव बन्ने सरकारले युवालाई स्थानीय स्तरमै रोजगारीको अवसर प्रदान गर्ने बताए । देश विकासमा सबै पार्टी र नागरिक मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।

अर्घाखाँची प्रदेशसभा १ का सदस्य चेतनारायण आचार्यले अर्घाखाँचीलाई कृषि, उद्यम, पर्यटन र जलविद्युतको रुपमा नमूना जिल्ला बनाउने गरी विकास निर्माणको खाँचो औंल्याउँदै यसका लागि आफू जनताको सेवक बनेर काम गर्ने बताए । 

उनले युवालाई रोजगारी प्रदान गर्न नसके युवाहरुको विदेश पलायन नरोकिने र सिंगो अर्घाखाँची जिल्ला युवाबिहीन हुने बताउँदै युवालाई गाउँमै रोजगारी सिर्जना गर्नु अपरिहार्य रहेको बताए ।

अर्का प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले निर्वाचनका बेला आफूहरुले जारी गरेका घोषणापत्रलाई अव कार्यान्वयन गर्नुको विकल्प नभएको बताउँदै अव बन्ने प्रदेश र केन्द्र सरकारको काम उत्पादन वृद्धि र रोजगारी सिर्जनातर्फ केन्द्रित हुनुपर्ने बताए ।

त्यसअवसरमा प्रदेशसभाका समानुपातिक सदस्य विमला पन्थी, छत्रदेव अर्घाखाँची संयुक्त बाम गठबन्धनका ध्रुव सापकोटा, पुरुषोत्तम अर्याल, दिपक पन्थी, कुलचन्द्र पाण्डे, धवलबहादुर बिसी, शोभाखर पाण्डे, दिनेश फुल्लेल, रुपलाल पन्थी, यमलाल पौडेल लगायतले बोलेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
जुकेनामा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण, थारपाइलामा सुपादेउराली मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयको विरोधले लुम्बिनी-ढोरपाटन ट्र्याक अड्कियो
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले कृषि पेसाबाट मनग्गे आम्दानी गर्न सफल, मासिक डेढ लाख आम्दानी
अर्घाखाँचीकी सफल महिला उद्दमी रुकमणी पराजुली (फोटो फिचर)
अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशन काजी श्रेष्ठलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न (तस्बिर सहित)
मैदानको पैयापाटा देखि लहरेधारासम्म जोडिने मोटरबाटो बजेट अभावका कारण ठप्प
हंशपुरमा राष्ट्रिय जनमोर्चाको शोक सभा सम्पन्न
खिदीममा अर्गानिक तरकारी उत्पादन गर्न जैविक बिषादी बनाउने तालिम सम्पन्न
सन्धिखर्कमा ओली प्रधानमन्त्री बनेको खुसियालीमा दीप प्रज्वलन
अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरू गाउँमा आएको बजेट रकम कुम्ल्याउन आँफै ठेक्कापट्टा गर्दै
ढाकावाङ सानाटाकुरा गाउँमा भीषण आगलागी
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा बिदाइ कार्यक्रम सप्पन्न
सन्धिखर्कको जय सन्तोषी माँ चलचित्र मन्दिरसहित अर्घाखाँचीका अन्य फिल्म हल इतिहास बन्दै
नरपानी र सुपामा पर्यटकलाई पूर्वाधार अभाव, घुम्न आउने पर्यटकलाई बस्ने र खानको समस्या
सिद्दाराको हर्रेमा जग्गा धनि प्रमाण पुर्जा वितरण (तस्बिर सहित)
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा प्रेम पत्र वाचन प्रतियोगिता सप्पन्न (तस्बिर सहित)
छत्रदेव - ७ र ८ लाई लक्षित गरि सुर्यथुममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
छत्रगंजको श्री सार्बजनिक मावीमा चार दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम शुरु
अर्घाखाँचीका एक युवा भारतको उत्तर प्रदेशमा फेसबूक पोस्ट गरे लगतै मृत फेला
महाशिवरात्रीको अवसरमा ढाकावाङ्ग ओखटेमा खेलकुद प्रतियोगिता सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736