arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मानtext size increase   text size decrease   Print    rss (२०७४ पौष ३०, आइतवार)

world news

कृष्ण खनाल

बुटवल, पुस २९ । पूर्व उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले अवको सरकारले देशमै रोजगारीको व्यवस्था गर्ने बताएका छन् । छत्रदेव अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीनै तहको निर्वाचन सकिएकाले युवालाई अब स्वदेशमै रोजगार दिएर देशलाई आर्थिक सम्बृद्धिको बाटो तर्फ लैजानुपर्ने बताए ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा अर्घाखाँची प्रतिनिधिसभा सदस्य समेत रहेका नेता रायमाझीले अर्घाखाँचीलाई विकास निर्माणको नमुना जिल्लाका रुपमा परिचित बनाउन जिल्लाका सबै दलसँग समन्वय गरेर काम गरिरहेको उल्लेख गरे । उनले निर्वाचनबाट जनताले बाम गठबन्धनलाई बहुमत दिएकाले अव बन्ने सरकारले युवालाई स्थानीय स्तरमै रोजगारीको अवसर प्रदान गर्ने बताए । देश विकासमा सबै पार्टी र नागरिक मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।

अर्घाखाँची प्रदेशसभा १ का सदस्य चेतनारायण आचार्यले अर्घाखाँचीलाई कृषि, उद्यम, पर्यटन र जलविद्युतको रुपमा नमूना जिल्ला बनाउने गरी विकास निर्माणको खाँचो औंल्याउँदै यसका लागि आफू जनताको सेवक बनेर काम गर्ने बताए । 

उनले युवालाई रोजगारी प्रदान गर्न नसके युवाहरुको विदेश पलायन नरोकिने र सिंगो अर्घाखाँची जिल्ला युवाबिहीन हुने बताउँदै युवालाई गाउँमै रोजगारी सिर्जना गर्नु अपरिहार्य रहेको बताए ।

अर्का प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले निर्वाचनका बेला आफूहरुले जारी गरेका घोषणापत्रलाई अव कार्यान्वयन गर्नुको विकल्प नभएको बताउँदै अव बन्ने प्रदेश र केन्द्र सरकारको काम उत्पादन वृद्धि र रोजगारी सिर्जनातर्फ केन्द्रित हुनुपर्ने बताए ।

त्यसअवसरमा प्रदेशसभाका समानुपातिक सदस्य विमला पन्थी, छत्रदेव अर्घाखाँची संयुक्त बाम गठबन्धनका ध्रुव सापकोटा, पुरुषोत्तम अर्याल, दिपक पन्थी, कुलचन्द्र पाण्डे, धवलबहादुर बिसी, शोभाखर पाण्डे, दिनेश फुल्लेल, रुपलाल पन्थी, यमलाल पौडेल लगायतले बोलेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा शिवको पूजा-आराधना गरी महाशिवरात्रि पर्व मनाइयो, चुत्रावेशीको शिद्धेश्वर शिवालय मन्दिरमा होमनकुण्ड स्थापना (तस्बिर सहित)
सातौं बिश्व रेडियो दिवसको अबसरमा सन्धिखर्कमा रेडियोको विकासमा रेडियोकर्मीहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घामा रहेको एनसेल टावरमा विप्लव कम्युनिष्ट पार्टीका कार्यकर्ताद्दारा आगजनी
जलुकेमा पर्ने नौमुरे जलविद्युत् निर्माण अलपत्र, अर्घाखाँचीवासीकै लगानीमा जलविद्युत् सञ्चालन गर्न सकिने
बाँगीमा सांसदलाई सम्मान (तस्बिर सहित)
अखिल छैठौं अर्घाखाँचीको आदर्श मावि खनदहमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
भूमिकास्थान नगरपालिकाको नुवाकोटमा सेन्चुरी कमर्सियल बैंकको शाखा स्थापना
द्याैराली मावि पटाैटीकाे ४० अाै बार्षिक उत्सव तथा चन्दा दाता सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा महिलाले महिनावारीको बेला प्रयोग गर्ने कपडाको प्याड, प्रयोग र विर्सजन सम्बन्धीे तालिम शुरु
सन्धिखर्कमा जारी अर्घाखाँची सुपर सिक्स क्रीकेट टुर्नामेन्टको उपाधी एम्सएलाई
सन्धिखर्कमा अखिल क्रान्तिकारी अर्घाखाँचीद्दारा राष्ट्रिय सभा सदस्यमा निर्वाचित खड्कालाई सम्मान
अर्घातोसको हटिया बजारमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
हंसपुरको लोहोरीमा ८ महिनाको गर्भ पतन गराउने आमा र मेडिकल सञ्चालक पक्राउ
अर्घाखाँचीमा शिक्षकको हाजिरी विद्यार्थीले गर्न थाले
सन्धिखर्क-६ मा जेष्ठ नागरिक बृद्ध सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कको बलेवाङमा दाजुभाईको बीच श्रीमतीको बिषयमा झगडा हुँदा भाईको हत्या
जलुकेको लामातालमा पोल गाडेको १० वर्ष हुँदा पनि बिजुली आएन (तस्बिर सहित)
सिद्धारामा रोल्पालीको जमघट बाक्लिँदै
प्रहरीद्दारा खनदहका विद्यार्थीहरुलाई लागु औषध, लैङ्गिक बिभेद, बाल बिवाह , विधुतिय अपराध सम्बन्धी प्रशिक्षण
सन्धिखर्कमा सामाजिक जवाफदेहिता र पारदर्शीताका लागि श्रोत समुह गठन (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736