arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

पाणिनी गाउँपालिकाको खिदीम सम्माचौरका स्थानीयको बाख्रा पालनले फेरियो दैनिकीtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३०, शुक्रवार)


प्रेमनारायण आचार्य

खिदीम, अर्घाखाँची । दुई बर्ष पहिलेसम्म गरिबीको पीडामा बाँचेका पाणिनी गाउँपालिका खिदीम सम्माचौरका स्थानीयको दैनिकी आजकल फेरिएको छ । कुनै आयस्रोत नभएर कठिन जीवन बाँचिरहेका उनीहरु यतिबेला राम्रै कमाई पनि गरिरहेका छन् । कारण हो, गरीवी निवारण कोषको कार्यक्रममार्फत बाख्रापालनको लागि सहयोग पाएपछि दुई बर्षमा स्थानीयले निकै राहत महसुस गरेका छन् ।  

'कहीँ कसैले यो ठाँउलाइ हेरेको थिएन । अहिले हामी धेरै खुशी भएका छौ, स्थानीय कर्ण बहादुर घर्तीले भन्नुभयो, 'सुरुमा तीन वटा बाख्रा किन्न १८ हजार सहयोग गरेको थियो । अहिले १२ वटा बाख्रा पालेको छु ।' बाख्रा देखाउँदै उहाँले भन्नुभयो, 'यसले हामीजस्ता गरीवहरुलाई सहयोग गरेको छ, बाख्रा किन्नको रकम दिएपछि गाँउका सबैको मुहार हँसिलो भएको छ ।'  

कर्णको मात्र हैन सम्माचौरकी गीता सर्तुंगे मगर पनि अहिले बाख्रापालनमा ब्यस्त छिन् । 'घरमा १० वटा बाख्रा छन । पहिले पहिले दुइचार सय पैसो चाहिए पनि गाँउमा ऋण माग्न जानुपथ्र्यो । अहिले दुइ चार पैसो त अरुलाइ ऋण दिन सकिन्छ,' उहाँले खुसी हुँदै भन्नुभयो ।  

गरिबी निबारण कोषको कार्यक्रम पर्यावरण संक्षण तथा सामुदायिक बिकास केन्द अर्घाखाँचीले खिदीम सहितका साविक आठ गाविसमा सहजीकरण गरेपछि यो परिबर्तन सम्भव भएको हो ।  

खिदीम सम्माचौरका २४ घर धुरीमा यो कार्यक्रम सञ्चालन भएको छ । बस्तीस्तरको अभिमुखिकरण, सामाजिक स्रोत नक्सा, सम्पन्नता स्तरीकरण गरिएको थियो । सहभागीतात्मक सामाजिक विश्लेषणको आधारमा अति गरीव ,मध्यम गरीव र गरीवहरु पहिचान गरी त्रिबेणी सामुदायिक संस्था गठन र संस्था दर्ता गरि कार्यक्रम सञ्चालन भएको हो ।

सामुदायिक संस्थाका ५०% सदस्यहरुको माग संकलन तथा माग प्राथमिकिकरणमा बाख्रापालन कार्यक्रम सञ्चालन गरेको पर्याबरण संरक्षण तथा सामुदायिक बिकास केन्द्रका अध्यक्ष हरि बहादुर खडकाले बताउनुभयो ।  

संस्थाले चिदिका, खिदिम, केरुङ्गा, छत्रगञ्ज, अर्घातोष खनदह, खन गरि सात गाविसमा कार्यक्रम सञ्चालन गरेको छ । गरिवी निवारण कार्यक्रम अन्तर्गत सामाजिक परिचालन, क्षमता अभिवृद्धि, आय आर्जन, र ससाना भौैतिक पूर्वाधार निर्माणका कामहरु गर्दै आएको छ ।  

संस्थाले आव ०७३/०७४ मा आयआर्जन तर्फ २ करोड १९ लाख ८४ हजार र पूर्वाधार निर्माणमा १ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । गरिवी निवारण कार्यक्रम सञ्चालन भएपछि आय आर्जनका कार्यक्रमबाट गरिव विपन्न वर्गको उत्थानमा निकै ठूलो टेवा पुगेको परियोजनाकी कार्यक्रम संयोजक गोमा पन्थीले जानकारी दिनुभयो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736