arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

माघे संक्रान्तिको अवसरमा गोरु जुधाइtext size increase   text size decrease   Print    rss (२०७३ माघ १, शनिवार)

   

      कृष्ण थापा
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइएको छ । जिल्लाको दक्षिण तारुका र उत्तरी भेग नुवाकोट-रसुवा सीमा बेत्रावतीमा गोरु जुधाइएको हो । माघे संक्रान्तिको अवसरमा नुवाकोट र रसुवाको सीमास्थल बेत्रावतीमा ११ हल गोरु जुधाइयो भने तारुका ५ चाँदनीको ठूलो पाटोबारीमा १८ हल गोरु जुधे । त्यो अवलोकन गर्न हजारौं दर्शक आएका थिए ।    
नेपाली गोरु जुधाईले त्यहाँ पुगेका विदेशी तथा स्वदेशी दर्शकलाई भरपुर रमाइलो प्रदान गरेको अवलोकर्ताहरुले बताए । माघे संक्रान्तिका दिन घरमा घिउ, चाकु, तरुल, खिचडी खाएर मनाइने गोरु जुधाईको प्रचलन रसुवा नुवाकोट सीमा बेत्रावतीमा कायम नै रहेको छ। आफ्ना सन्तानझैं स्याहार र सुसार गरेर हुर्काएका गोरुधनीले जुधाउनकै लागि गोरु पाल्ने चलन छ ।

आफूले भात तरकारी खाएपनि गोरुलाई वर्षभरी पिठो र मास खुवाएर बलियो बनाउने गरिन्छ, कल्याणपुर १ हर्कपुरका कृष्णबहादुर बिकले भने । गोरु जुधाई प्रतियोगितामा संस्कृति पहिचान र पर्यटनक्षेत्रलाई निरन्तरता दिनलाई गोरु जुधाई गरिएको गोसाईंकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले बताए ।
बेत्रावतीमा नेपाल चीन र भोट युद्धपछि सम्झौता भएको सम्झनामा हरेक वर्ष माघ १ गते गोरु जुधाउने चलन छ । सन्धीपछि त्यतिबेला बूढापाकाले तीन हल गोरु खेतको गह्रामा जुधाएको किंवदन्ती रहेको स्थानीय चक्रबहादुरले बताए । गोरु जुधाई प्रतियोगिता हेर्नका लागि काठमाडौं, धादिङ, ललितपुर, नुवाकोट र रसुवा लगायत ठाउँबाट हजारौं दर्शकहरु आएका थिए ।
बेत्रावतीको गोरु जुधाई प्रतियोगिता बीचमा छुटेर पनि ७/८ वर्षदेखि निरन्तरता पाएको छ भने उता तारुकाले भने जुधाई गर्दै आएका छन् । गोरु जुधाईमा चरण गत रुपमा क्रमश पहिलो, दोस्रो, तेस्रो, सहभागी र उत्कृष्ट गोरुलाई केही रकम सहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी जिल्लाको दक्षिण भेग तारुकामा १८ हल गोरु जुधाइएको थियो । त्यहाँको गोरु जुधाई एकसय वर्ष पुरानो भएको स्थानीय बुढापाकाहरु बताउँछन् । किंवदन्ती अनुसार उता तारुकामा भने बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा वि.सं १९७८ मा नुवाकोटको तारुका ५ चाँदनीमा मामाले भाञ्जाको स्वागत गर्न बाजागाजासहित गोरु जुधाएको थिए । यो परम्परा तारुकाको स्थानीय झिंकटी घरबाट सुरु भएको थियो ।
कान्तिपुरबाट

 
 
  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
नेपाल पहिलोपटक यु-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा
मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालद्दारा भारतलाई पराजित
बर्दियामा फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु
कपिलवस्तुको शिवगढीमा खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु
अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
पहिलो पटक भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने
नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
http://go.oclaserver.com/afu.php?zoneid=1465736