arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

साउदीमा आर्थिक मन्दी: विदेशी कामदार निकालिँदै, लगानीकर्ता देश फर्किँदैtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १४, शनिवार)

world news

रियादः साउदी अरबमा आर्थिक वृद्धि सुस्ताउन थाल्दा विदेशी कामदार अफ्ठेरोमा पर्ने अवस्था आएको छ । आर्थिक वृद्धि सुस्ताएपछि साउदी सरकार आफ्ना धेरै भन्दा धेरै नागरिकलाई जागिरमा राख्ने कोशिशमा जुट्न थालेको छ। 

यसका कारण वर्षौँदेखि त्यहाँ कार्यरत नेपाल र भारतसहितका विदेशी कामदारको जागिरमा खतरा उत्पन्न भएको छ । साउदी अरबले अहिले सुस्त आर्थिक वृद्धिका कारण अफ्ठेरो अवस्थाको सामना गरिरहेको छ। 

बितेका १७ वर्षदेखि साउदीमा जर्मनीका डोमिनिक स्टेक आफ्नो परिवारसहित बस्दै आएका थिए । तर अब उनी आफ्ना पत्नी(बच्चासहित साउदी छोडेर जाँदैछन् । उनको परिवार साउदीमा यति गहिरो गरी बसेको थियो कि उनीहरुलाई जर्मनीबारेमा केही पनि थाहा थिएन । 

डोमिनिक भन्छन्, हालका देशमा मूल्यमा भारी गिरावट आएको छ । मेरा कामदार अन्य देशतर्फ जान थालेका छन् । मलाई लाग्छ उनीहरु त्यहाँ गएर धेरै बचत गर्न सक्छन् ।

कोस्ट कटिङ्ग र साउदीका धेरै मानिसलाई नोकरीमा राखेका कारण त्यहाँको व्यापारमा असर पर्न थालेको हो । यसका कारण कच्चा तेलको कम मूल्यको मार अरब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा परेको हो । 

साउदी अरब अन्य कुनै देशभन्दा धेरै तेल निर्यात गर्ने मुलुकमा पर्छ । अघिल्लो साल साउदीले आर्थिक वृद्धिमा तीब्रता ल्याउन र लगानी बढाउनका लागि भिजन २०३० जारी गरेको थियो । साथै धेरै साउदी नागरिकलाई निजी क्षेत्रमा जागिर दिने कुरा गरेको थियो । 

सन् २०१४ मा तेलको मूल्यमा गिरावट आएको थियो । त्यसपछि साउदीलाई ठूलो झट्का लागेको थियो । साथै निजी कम्पनी खासगरी निर्माण व्यावसायमा करोडौँ डलरको ऋण लागेको थियो । 

साउदी बिनलादीन ग्रुप एक्लैले त्यसयता करिब ७० हजार मानिसलाई जागिरबाट निकालिदिएको छ । एकातर्फ साउदी कम्पनी विदेशी कामदारलाई निकालिरहेका छन् भने अर्कातिर विदेशी नागरिक पनि साउदीको व्यापार छाडेर घर फर्किरहेका छन् । 

उपभोक्ता इलेक्ट्रनिक्स क्षेत्रमा कार्यरत एक विदेशी म्यानेजरको भनाई मान्ने हो भने उनको व्यापारमा अहिले १० प्रतिशत गिरावट आएको छ । मानिसहरु साउदी छाडेर गइरहेका छन्, किनकि उनीहरुको सम्झौता नवीकरण भएको छैन । सबै दबाबमा छन् । यस्तो कुनै व्यापार छैन, जुन राम्रोसँग चलेको होस्, उनले भने ।

मेरो कम्पनीले अहिल्सम्म ३ सय विदेशी कामदारलाई जागिरबाट निकालिसकेको छ।  यसमा धेरैजसो भारतीय, पाकिस्तानी र फिलीपिन्सका नागरिक रहेका छन्, उनले अगाडि भने, जो कामदार महिनाको १० हजार रियाल भन्दा कममाइरहेका छन्, उनीहरुलाई कित परिवारलाई देश फर्काउन कि त जागिर छाड्न भनिएको छ । यसो गर्नुमा साउदी नागरिकका लागि स्थान खाली गर्नु प्रमुख कारण हो ।

अब साउदी सरकार जुलाईसम्म विदेशी कामदारमाथि (उनका आश्रित समेत) लेबी लगाउने तयारीमा जुटेको छ।तर एक महिनामा १०० रियाल (२७ डलर या करिब २८०० रुपैयाँ) लिइनेछ । सन् २०२० मा यसलाई ४०० रियाल (१०८ डलर या १२००० रुपैयाँ) गर्ने योजना रहेको छ । -एजेन्सी /कारोबार 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता
दार्जिलिङमा चर्किएको गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु
लन्डनस्थित २४ तले टावरमा भएको आगलागीबारे छानविन गर्न आदेश
लिबियामा पाँच वर्षपछि रिहा भए गद्दाफीका छो
बेलायतमा आतंकवादी हमलाको त्रासका बीच आमनिर्वाचन
इरानकाे संसद र आयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको अातंकवादी आक्रमण
साउदी, इजिप्ट, युएई, बहराइन र यमनद्वारा कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा
अफ्रिकाको उत्तरी निजेरमा पानी पिउनै नपाएर ४४ जनाको मृत्यु
श्रीलङ्कामा मनसुन-पूर्वको भीषण वर्षातपछिको बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित
इजिप्टले लिवियाका जिहादी समुहको शिविरमा भीषण आक्रमण
अफगानिस्तानमा एक जना फिनिस महिलाको हत्या, सुरक्षागार्डको शीर छेदन
इमानुएल म्याक्रोँद्वारा फ्रान्सको राष्ट्रपतिका रुपमा पदभार ग्रहण
अफगानिस्तानमा भएका सुरक्षा कारबाहीमा परी ७१ जना लडाकू मारिए
भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी रासायनीक ग्यास फैलिएर बिरामी भएपछि अस्पताल भर्ना
बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमारले सन्न्यास लिने
पाकिस्तानमा चारजना आतंककारीलाई फासीको सजाय
अफगानिस्तानको विभिन्न प्रान्तमा सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु
अफगानिस्तानमा तालिवान आतंककारीद्वारा 'वसन्तऋतु आक्रामक' नामक आक्रमणको घोषणा
अमेरिकी क्रुज मिसाइल पानी जहाजले रक्षा प्रणालीका लागि तैनाथी सुरु