arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

रुपन्देहीमा उल्लासपूर्ण रूपमा मतदान जारीtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

world news

प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणको  निर्वाचन रुपन्देहीमा शान्तिपूर्ण रुपमा जारी  छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला पाँचवटै निर्वाचन क्षेत्रमा आज बिहान ७ बजेदेखि नै मतदान शुरु भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

जिल्लाका सबै मतदानस्थलमा बिहानदेखि नै मतदान गर्न मतदाताको उल्लासपूर्ण सहभागिता रहेको जिल्ला निर्वाचन आयोगका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

जिल्लामा २०८ मतदानस्थलमा ५९८ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा आठजना कर्मचारी र चार जना स्वयंसेवक खटाइएको छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी एक हजार ६६३, सशस्त्र प्रहरी एक हजार ४८, नेपाली सेना ९००, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी दुई हजार ३७८ गरी करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

उनले जिल्लाका प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र र १० प्रदेशसभाका २०८ मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले ७५ अतिसंवेदनशील, ४५ संवेदनशील र ८८ सामान्य रहेको र सोहीअनुरुप जिल्लाको सुरक्षालगायत निर्वाचनको व्यवस्थापन मिलाइएको बताए ।

रुपन्देहीमा प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १० निर्वाचन क्षेत्र छन् । जिल्लामा पाँच लाख २२ हजार ६०२ जना मतदाता छन् ।

रुपन्देही जिल्लाबाट शीर्ष नेतामा नेकपा (एमाले)का उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका–८ स्थित सडक विभाग मतदानस्थलबाट बिहान ७ः१५ बजे मतदान गरेका छन्।

यस्तै नेपाली काँग्रेसका नेता तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जिल्लाको क्षेत्र नं १ को तिलोत्तमा नगरपालिकास्थित ज्योति निमावि मतदानस्थलमा बिहान ८ बजे मतदान गरे ।

यस्तै स्वास्थ्यमन्त्री तथा राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक) का उपाध्यक्ष दीपक बोहराले बिहान ७ बजे नै सिद्धार्थनगर नगरपालिका–३ स्थित खजना निमावि मतदानस्थलबाट मतदान गरेका छन् --   रासस  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावित
पाल्पामा अविरल वर्षासँगै आएको बाढीले पेल्ट्रिक सेट बगाउँदा २० घर चार दिनदेखि अध्ययारौमै बस्न बाध्य
पूर्वाञ्चल मिडिया सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
गुल्मीको जैसीथोकमा एक महिला मृत फेला
सहमतिका साथ अगाडी नवढे माओवादीको राजसंस्थाकै हालत हुन्छः पुर्व मन्त्री विष्ट
जिल्लावासीसँग माफी मागे पुर्व सभाषद वरालले
कपिलवस्तुमा भिषण आगलागी, करोडौको क्षति
पाल्पामा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु
मौसमी खराबीले माओवादी पुष्पकमल दाहाल र महरा चढेको हेलिकोप्टर २० मिनेटका लागि तानसेन टुंडिखेलमा अवतरण
लुम्विनीमा बृक्षारोपण अभियान शुरु
बुटवलको मीलनचौकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु
तानसेनको कैलाशनगरस्थित रेडियो पश्चिमाञ्चल एफएम रहेको भवनमा बम विष्फोट
प्यूठानमा गाडीको ठक्करले एक जनाको मृत्यु
प्यूठानमा आगलागी
कपिलवस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन बालबालिकाको मृत्यु
सन्धिखर्कको कुरमा आगोलागी
कृषि विकास बैंक क्षेत्रीय कार्यालय पोखरामा कार्यरत क्षेत्रीय निर्देशकको सवारी दुर्घटनामा मृत्यु
प्यूठानमा बम भेटिने क्रम बढ्दै
नवलपरासीमा ठूलो परिणाममा नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ
रुपन्देहीको न्यु होराईजनमा विएस्सी कक्षा संचालन हुने
http://go.oclaserver.com/afu.php?zoneid=1465736