arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको धनचौर र सन्धिखर्कको तुमकोटमा चुनाबी सभा, भेला सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

world news

श्याम घिमिरे

सन्धिखर्क, अर्घाखाँची । अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान लिएर गाउँ दौडाहामा निस्केको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले स्थानिय निर्बाचनको मिति नजिकिए संगै शतबार्षिकी कार्यक्रमलाई चुनाबी अभियानमा रुपान्तरित गरेको छ । 

''प्रजातान्त्रिक विकेन्द्रियता संविधानको कार्यान्वयन,स्थानिय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान'' भन्ने मुल नारा बोकेर चुनाबी मैदानमा उत्रेको राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेद्धारहरुलाई जिताउन गाउँ-गाउँमा चुनाबी सभा, भेला, प्रशिक्षण भेटघाट लगायतका कार्यक्रमलाई तिब्र पारेको छ ।

जस अन्तरगत राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालीका वडा नम्वर १० को धनचौरमा  आज नगर समन्वय समितिको आयोजनामा पहीलो चरणको प्रचरात्मक अभियान सम्पन्न भएको छ ।

प्रचरात्मक अभियानमा मनतब्य राख्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष झबिलाल थापाले पार्टीले जनताको दुःख सुखसंग खेल्ने र राष्ट्रिय स्वाधिनताको निम्ती सम्झौताहिन लडाई लड्दै आएकोले यसपाली जनताले राष्ट्रिय जनमोर्चालाई भोट दिने बिस्वास ब्यक्त गर्नुभयो ।उहाँले नेपाली जनता सचेत भएको बताउँदै सत्तामोहको लडाइ लडेर जनतामा भ्रम छर्नेहरुलाई अबका दिनमा जनताले नै ठेगान लगाउने बताउनुभयो । 

अभियानले मोती भट्टराई संयोजक र माधब भुसाल सहसंयोजक रहेको १०५ सदस्यीय निर्वाचन प्रचार प्रसार समितिको समेत गठन गरेको छ । कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन केसी, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष तथा उपमेयर की उमेदवार सकुन्तला राना, मेयरका उमेदवार कबिराम खनाल, अखिल नेपाल युबक संघका केन्द्रिय महासचिब बाबुराम पन्थी, राजमोका जिल्ला सदस्य बाबुराम बन्जाडे, चेतनारायण गैरे, नारायण प्रसाद घिमिरे, युबक संघका ढुण्डी खनाल, कृष्ण प्रसाद खनाल,ठाकुर पन्थी, तिलकराम भट्टराई लगाएतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा एमाले र काँग्रेस परीत्याग गरी करीब १ दर्जन राजमोमा प्रबेश गरेका थिए । नबप्रबेसीहरुलाई प्रमुख अतिथी झबिलाल थापाले स्वागत समेत गर्नु भएको थियो ।

कार्यक्रम गोपाल प्रसाद भट्टराईको अध्यक्षता ईन्द्रमणी गैरेको स्वागत मनतब्य र अनिल भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो । 

यसै बिच राजमो सनपा वडा नम्वर १ को आयोजनामा आज तुमकोटमा बाल संगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राजमोका नेता गोबिन्द बिसी, पशुपती ढकाल, कल्पना पोख्रेल, शिद्धी भट्टराई, बुद्धि चुदाली, राजेन्द्र नेपाली लगाएतले प्रशिक्षण मनतब्य राख्नु भएको थियो । भेलाले  मुस्कान सुनारको अध्यक्षतामा १५ सदस्यीय बाल संगठनको गठन समेत गरेको छ । जसको उपाध्यक्षमा निरज नेपाली, सचिब सिमा नेपाली, सहसचिब बिशाल नेपाली र कोषाध्यक्षमा मनिषा नेपाली रहनु भएको छ । 

प्रशिक्षण कार्यक्रम शिद्धी भट्टराईको अध्यक्षता बुद्धि चुदालीको स्वागत मनतब्य र राजेन्द्र नेपालीको सन्चालनमा सम्पन्न भएको थियो ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा आज जिल्ला अस्पताल सन्धीखर्कमा एक कार्यक्रमको बिच अस्पतालमा  भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण गरीएको छ । नेपाल निजामती कर्मचारी संगठनको ६७ औं स्थापना दिवसको अबसर पारेर संगठनले फलफुल बितरण गरेको हो । फलफुल बितरण कार्यक्रममा मनतब्य राख्दै संगठनका जिल्ला अध्यक्ष चिरनजिबी अधिकारीले सम्पूर्ण निजामती कर्मचारीहरु एकजुट भएर अगाडी बढ्नुको बिकल्प नभएको बताउनु भएको थियो । साथै उहाँले आफ्नो कामकर्तब्य प्रति दृढ भएर लाग्नपनी सबै कर्मचारी हरुलाई अनुरोध समेत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगनाथ तिवारी ,संगठनका पदाधीकारीहरु संन्चारकर्मी लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रम संगठनका जिल्ला सचिव दिलीप केसीको सन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीको छापडाँडामा दुर्गा मन्दिरको उदघाटन
सन्धिखर्क तथा चुत्रावेसीका युवाहरुको भेला हुदै
अर्घाखाँचीको जलुकेमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, २८ घाईते
अर्घाखाँचीमा परिक्षाको मर्यादा विपरित काम गर्ने चार विद्यार्थी निष्कासित
स्वर्गिय पाण्डेको आज १३ औ पुण्यदिनको अवसरमा ठुलापोखरामा श्रद्धाञ्जली सभा
वर्षाका कारण अर्घाखाँचीका अधिकांश ग्रामिण सडक अवरुद्ध
अर्घाखाँचीका निजी तथा आबसीय बिद्यालयहरु आज एकदिनका लागि बन्द
डट्कम कर्मी गाउले र खनाल पुरस्कृत
क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको पहिलो बैठक सम्पन्न
बढी भ्रष्टाचार हुने जिल्ला अन्तर्गत अर्घाखाँची ५३ औ नम्बरमा
काग्रेस क्षेत्रिय सभापति पाण्डेको रहस्यमय दुर्घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै नेबिसंघद्धारा सन्धिखर्कमा एक घण्टा चक्का जाम
रहस्यमय दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेबिसघको माग, एक घण्टा सन्धिखर्कमा चक्का जाम गर्ने
रहस्यमय दुर्घटनाको सत्य तथ्य छानबिन गर्न कांग्रेस ठुला पोखराको माग
नेकपा माओवादी अर्घाखाँचीको पूर्ण वैठक, पार्टी फुटाएर आफुहरुलाई दुख लागेको एक केन्द्रिय सदस्यको भनाई
नरपानी चुनढुंगाको बिषयलाइ लिएर गरेको कुटपिट प्रति आत्मा आलोचना सहित माफी मागे
काग्रेस अर्घाखाँचीद्धारा रहस्यमय दुर्घटनाको सत्य तथ्य छानबिन आयोग गठन
अर्घाखाँचीमा टेली चलचित्र कलियुग नयाँ जमानाको छायाकंन सुरु
रहस्यमय दुर्घटनाको सत्य तथ्य छानबिन गर्न काग्रेस अर्घाखाँचीको माग (प्रेस बिज्ञप्ती सहित )
अर्घाखाँची जिल्ला २ बर्षमा खुल्ला दिसामुक्त हुने
नुवाकोटमा शौचालय सहितको २ कोठे बिद्यालय भवन निर्माण
http://go.oclaserver.com/afu.php?zoneid=1465736