arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

एनआरएनए-एनसिसी इजरायलको निर्वाचनमा छिरिङ लामा शेर्पाको प्यानलै अत्याधिक वहुमतले विजयीtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ११, आइतवार)

यूवराज थापा 

इजरायल । गैर-आवासीय नेपाली संघ समन्वय परिषद्को (एनआरएनए-एनसीसी) इजरायलको ०१७-२०१९ कार्यकालको लागि सम्पन्न निर्वाचनमा छिरिङ शेर्पाको सम्पूर्ण प्यानल अत्याधिक वहुमतले विजय भएको छ ।


तेल अभिबको केन्द्रिय बसपार्कको तेस्रो तला स्थित एभरेस्ट हलमा विहानकरिव ९ बजेदेखि साँझको ५ बजे सम्म भएको निर्वाचनमा आइसीसी सदस्य पदका उमेद्वार दिपक ओलीले उनका प्रतिद्वन्दी मञ्जु (नेहा)  गुरुङका विरुद्द ४४४ मतका साथ विजय भएका छन् । मञ्जु (नेहा) गुरुङले मात्र २३४ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै अध्यक्षमा छिरिङ शेर्पाले उनका प्रतिद्वन्दी विमला (नितु) खतिवडालाई २३४ का विरुद्द ४४८ मतले विजय भएका छन् । त्यस्तै क्रमश बरिष्ठ उदाध्यक्ष पदकी उम्मेदवार  सिता बिष्टलाई शान्ता अधिकारी ज्ञवालीले २०७ मतका विरुद्द ४३४ मतले विजय प्राप्त गरेकी छिन । उपाध्यक्ष पदकी उम्मेदवार  भृकुटी बानियाँलाई २८८  मतका विरुद्द  गोपी (उमा) गुरुङले ४९४  मतले विजय भएकी छन् ।  त्यस्तै महासचिवमा तेन्जिङ शेर्पाले जीवन लिम्बु सुब्बालाई २०७ का विरुद्द                ४४८ मतले विजय प्राप्त गरेका छन् ।


त्यसैगरी सचिव पदकी उम्मेदवार तारा देबी ढकाललाइ निर्मला गुरुङले १६३ मतका विरुद्द ४६९ मतले विजय प्राप्त गरेकी छन् त्यसै गरी सह-सचिब  पदकी उम्मेदवार नुतन भुसाललाई रुकमाया रेग्मीले २०४ मतका विरुद्द ४३६ मतले विजय हासिल गरेकी छन् ।  त्यस्तै सह-कोषाध्यक्ष पदकी उम्मेदवार सावित्रा  कुमारी घिमिरे लुइँटेलले शोभा लोहनीलाई १८८ मतका  विरुद्द ४५३ मतले विजय प्राप्त गरेकी छिन् ।

शेर्पाको प्यानलबाट कोषाध्यक्ष पदकी उमेदवार कादम्वरी श्रेष्ठ दाना, महिला उपाध्यक्ष पदकी उमेदवार सुजाता गौतम, पुरुष प्रतिनिधी नारायण थापा, महिला प्रतिनिधी लिला थापा मगर, सदस्यहरु सुष्मा शाही, सानु खतिवडा, निलम गिरी र सावित्री खड्का यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

विजय टोलीलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको छ भने उम्मेदवारहरुलाई निर्वाचन संयोजक सुवास खरेलले आजै पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् ।


त्यस्तै निर्वाचन पर्यवेक्षक तथा विशेष अतिथी नेपाली राजदूतावासका प्रथम सचिव हरिहर कान्त पौडेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सपथ ग्रहण पश्चात प्रतिक्राया दिदै विजयी उमेदवारहरुले सम्पूर्ण इजरायलीवासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गर्दै आफूहरुलाई वढि जिम्मेवारी सुम्पििएको महसुस भएको बताएक छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
http://go.oclaserver.com/afu.php?zoneid=1465736