arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
धर्म, समाज, संस्कृति

काठमाडौँस्थित पचली भैरवको १२ वर्षे जात्रा सम्पन्न text size increase   text size decrease   Print    rss (२०६९ आषाढ १, विहीवार)

काठमाडौँ - काठमाडौँस्थित पचली भैरवको १२ वर्षे जात्रा गएराति सम्पन्न भयो। गएराति काठमाडौँ महानगरपालिका वडा नं २१ स्थित भोछेँ ननीमा विधिपूर्वक पचली भैरव गणलाई नचाई सिजाः खुवाइसकेपछि देवगणको सोही स्थानमा मृत्यु हुने परम्परापश्चात् नाच सम्पन्न भएको हो।

आज बिहान करिब २ बजे विधिपूवर्क पूजाआजा गरिसकेपछि मृतक देवगणलाई बोकेर मरुटोलस्थित काष्ठमण्डप अगाडि विशेष प्रकारले बाजा बजाएर पानी खुवाउने गरिन्छ। त्यसपछि देवगणलाई पचली भैरवको देवता घर ज्यावहालमा पुर्‍याइने गरिन्छ।

ज्याबहालमा ल्याइपुर्‍याएका देवगणलाई पुनः सिबाजा बजाएर टेकुस्थित पचली भैरवस्थानमा लगिएको र त्यहाँ परम्परागत विधिअनुसार पूजाआजा गरिसकेपछि देवगणले लगाउने मुकुण्डोलाई टेकु दोभानमा लगेर जलाई जात्रा सम्पन्न गरिएको हो।

काठमाडौँको प्रारम्भिक कालखण्डदेखि सुरु भएको धार्मिक, सहिष्णुता, सांस्कृतिक विविधता, शासकीय शक्ति सञ्चयको प्रतीक तथा परम्परागतरुपमा नचाइने त्यस जात्रालाई नेवार भाषामा 'गथु प्याखँ' पनि भनिन्छ।

यो नाच विशेष गरेर गथु अर्थात् माली वा मालाकार जातिले चलाउने नाच भएकाले पनि यो नाचलाई गथु प्याखँ भन्ने गरिएको हो।

सिजाः दिने काम भने कारन्जित थरकाले मात्र गर्नुपर्ने स्थानीय बासिन्दा हृदयप्रसाद मिश्रले बताए।

यसपालि सिजाः दिने पालो आफ्नो रहेको बताउँदै सूर्यमान कारन्जितले धर्म संस्कृति बचाउनमात्र आफूहरुले निरन्तरता दिने गरेको उल्लेख गर्दै यसलाई निरन्तरता दिन सरकारले विशेष पहल गर्नुपर्ने बताए।

पचली भैरव गणमा महालक्ष्मी, गणेश 'गणेद्यः', ब्रम्हायणी 'म्हासुख्वा द्यः', रुद्रायणी 'तुयूख्वाः द्यः', कौमारी 'कुमारी', नारायणी 'वाउँख्वाः द्यः', बाराही, इन्द्रायणी 'मनमय्जु', काली 'अजिमा', भैरव 'पचली भैरव', सिङ्गिणी 'सिंवाद्यः', व्याधिणी 'धुंवाद्यः' र स्वेत भैरव 'तुयुम्हः महाद्यः ख्वाः' रहेको छ।

विसं १५५६ तिर काठमाडौँका मल्लकालीन पाँचौँ राजा अमर मल्लले आफ्नो राज्यकालमा यो नाच चलाएको अनुमान गरिएको छ।

बाह्र वर्षको एकपटक पचली भैरवको गणलाई विधिपूर्वक निकाली काठमाडौँका विभिन्न ठाउँमा नचाइने चलन रहेको देवगणका बेखारत्न मालीले बताए। रासस

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दानसहित मनाइँदै
आज आमाको मुख हेर्ने पर्व, अर्थात् मातातीर्थ औसी
सुनसरीको धरानमा दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सव शुरु
२०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी
सेतो मत्स्येन्द्रनाथ जात्रा सुरु
मिथिलाञ्चलको धनुषा, जलेश्वरलगायतका क्षेत्रमा चैते दशैं र चैते छठको रमझम शुरु
मिथिलाञ्चल क्षेत्रमा एकापसमा हिलो दलेर जुड शितल पर्व मनाइदै
भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा
नयाँ वर्ष मनाउनका लागि भारतबाट घर फर्कनेको सङ्ख्यामा निकै वृद्धि
बिस्केटजात्राको भैरवको रथ तानातानमा ३ जनाको मृत्यु
आज घोडेजात्रा
रङैरङको पर्व होली तराई क्षेत्रमा मनाईदै
हिन्दु धर्मशास्त्र र संस्कारविपरीत कर्मकाण्ड गराउने पुरोहित अव कारबाहीमा पर्ने/कर्मकाण्ड गर्न परीक्षा पास हुनुपर्ने पुरोहितहरुको आचारसंहिता
साधु पिटिएपछि साधु हरुले लगाइदिएको आगो नियन्त्रणमा
तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन राजधानीमा सम्पन्न
आज महाशिवरात्री पर्व देशभर मनाईदै
महाशिवरात्रि पर्व हर्ष उल्लासका साथ मनाउन पशुपतिनाथ क्षेत्रभित्र सम्पूर्ण तयारी पूरा
प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकार पनि नटिक्ने ज्योतिषीको भबीश्यवाणी
भारतको कुम्भ मेलामा एकैसाथ २ सय महिलाले सामूहिक रुपमा नागा सन्यास धारण
महायज्ञमा दान गर्ने दातालाई बिशेष सम्मान