arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
सुदुरपश्चिमाञ्चल

हिमपातका कारण मध्य तथा सुदूरपश्चिमको जनजीवन प्रभावितtext size increase   text size decrease   Print    rss (२०६७ पौष १६, शुक्रवार)

म्याग्दी, बाबियाचौर  - बिहीबार रातिदेखि मुस्ताङमा भएको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात भएका कारण मुस्ताङको एकमात्र जोमसोम विमानस्थल शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ ।

मुक्तिनाथ, छुसाङ, लोमान्थाङ, घमी, सुर्खाङलगायत गाविसको जनजीवन प्रभावित बनेको हो । हिमपातसँगै चलेको चिसो बतासका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैन ।

म्याग्दी जिल्लाको उच्च पहाडी भूगोलमा अवस्थित गुर्जा र बागलुङको ढोरपाटन, मरेनी, जलजलालगायतका ठाउँमा पनि सामान्य हिमपात भएको छ । शुक्रबार बिहानैदेखि कुहिरो लागेर चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । दिउँसोदेखि वर्षा हुन थालेपछि जाडो बढेको अनुभव हुन थालेको हो ।

बेनी, दरवाङ, दाना, ताकम, बाबियाचौरलगायतका ठाउँमा सर्वसाधारणले घर, पसल अगाडि तथा चोकमा न्यानोका लागि आगो बालेर बस्न थालेका छन् । चिसो बढ्दै गएपछि सदरमुकाममा रहेका सरकारी कार्यालयमा सेवाग्राहीहरूको चाप घटेको छ ।

उपल्लो मुस्ताङवासी जाडो छल्दै न्यानो ठाउँमा घुम्ती व्यापार गरिरहेका छन् । उनीहरूले हिमाली भेगमा पाइने जिम्बु, सुकेको माछा (सिद्रा), सत्तुवा, यार्चागुम्बालगायतका अन्य विभिन्न जडीबुटी र कपडाको व्यापार गर्दै आएका छन् ।

चिसो बढेपछि मुस्ताङ विद्यालयहरू बन्द भएका छन् । मुस्ताङमा मङ्सिरमा शैक्षिकसत्र सकेर पुस र माघमा जाडो बिदा गरी फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु हुन्छ ।

म्याग्दीको गुर्जा, लुलाङ, मुना, मुदी, देविस्थान, रुम, पाखापानी, चिमखोला, शिख, घारा, दानालगायत ठाउँका किसान पनि जाडो छल्न पशुको गोठ लिएर बेसीमा झरेका छन् ।

पहाडी जिल्लाका उडान सेवा ठप्प

बाँके, खजुरा - हिमपातका कारण मध्य तथा सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि परेको हिमपात र हुस्सुले पहाडी जिल्लामा हुने उडान सेवाहरू प्रभावित भएका छन् ।

नेपालगन्जबाट उडान हुने डोल्पा, हुम्ला, जुम्ला, बाजुरा र रुकुमलगायतका पहाडी जिल्लाहरूमा बिहानैदेखि सबै उडान ठप्प रहेको नागरिक उडड्यन कार्यालय बाँकेले जनाएको छ ।

कार्यालयका अनुसार पहाडी जिल्लाहरूमा परेको हिमपात तथा हुस्सुले मौसममा खराबी आएपछि उडानहरू ठप्प भएका हुन् ।

तराईका जिल्लाहरूमा पनि घाम नलागेपछि चिसो बढेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुदुरपश्चिमाञ्चल
गाउँपालिका केन्दलाई लिएर दक्षिण रोल्पाका स्थानीयबासी आन्दोलित
सहकारीको पूँजी उत्पादनमा लगाउनुपर्नेमा जोड
कन्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
कञ्चनपुरको महेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय स्थापना
रोल्पाको थबाङमा शून्य भोट
प्युठान बस दुर्घटनामा दुईको मृत्यु
कर्णालीमा बस पल्टिंदा दुईको मृत्यु, १२ घाइते
यातयातका साधन ठप्प पारेपछि प्यूठान र रोल्पाको जनजीवन प्रभावित
वनवसा पुलबाट महाकाली नदीमा हाम फाल्ने नेपाली युवकलाई भारतीय प्रहरीले बचायो
कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्ध
सल्यानवाट दाङ आउंदै गरेको जीप दाङको राम्रीमा दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु
असारको तेस्रो हप्ता बित्न लाग्दा पनि पानी नपरेपछि बर्दियाका किसान चिन्तित
रुकुममा सेनाको जीप दुर्घटना हुंदा एक सैनिकको मृत्यु
हुम्ला सदरमुकाम सिमकोटमा कर्फ्यु
जन्ती लिएर दार्चुलाको टकना जाँदै गरेको जिप खस्दा १६ जना घाइते
नेपालको सुदूरपश्चिमाञ्चलमा फेरि भूकम्पको झड्का
आगलागीपछि चासो नदिएको भन्दै तुलसीपुर बजार बन्द
कैलालीमा असिना पानी
भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै दाङ घर फर्कंदै गरेका एक नेपाली लुटिए
रुकुममा विषालु च्याउ खाँदा एक २४ वर्षीया युवतीको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736