arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छुtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २, शनिवार)

काठमाडौं  । संयूक्त वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधी सभा सदस्यका लागि उमेद्वार रहेका एमाले नेता रामविर मानन्धरले भष्ट्राचार गर्न परे राजनिति बाटै सन्यांस लिने घोषणा गरेका छन् । निर्वतमान सांसद समेत रहेका मानन्धरले आफ्नो सिंगो राजनितिक जीवनमा एक पैसा मात्रै भष्ट्राचार गरेको प्रमाणित गरे आजीवन राजनिति नगर्ने प्रतिवद्धता गरेका हुन् ।

काठमाडौं महानगर पालिका वडा नम्बर १६ को दुई पटक वडाध्यक्ष, एक पटक काठमाडौं क्षेत्र नम्बर ७ बाट संविधान सभाको सदस्यको रुपमा निर्वाचित भइसकेका उनले आफू सांसद हुदा गरेको सम्पूर्ण बजेट खर्चको श्वेतपत्र प्रकाशित गरेर जनताको घरदैलोको पुगिरहेका छन् । अघिल्लो व्यवस्थापिका संसदमा पनि भष्ट्राचारका विरुद्ध खरो रुपमा प्रस्तुत भएर राष्ट्रिय चर्चा कमाएका उनले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले आयल निगमको जग्गा खरिद प्रकरणमा गरेको अनियमितताका बारेमा बारम्बार खवरदारी गरेका थिए ।

आर्थिक विकास र सम्बृद्धिका थुप्र्रै योजना बोकेर जनताका विचमा गइरहेका मानन्धरको प्रतिशपर्धाा राप्रपाका विक्रम बहादुर थापासंग हुदैछ । यद्येपी नेपाली काँगेसको समेत समर्थनमा उमेद्वार बनेका थापालाई रामविरको चुनौति फलामको चिउरा सरह रहने छ । काठमाडौं ७ मा महानगरको १६, १७, १८ र २५ वडा परेको छ भने तारकेश्वरको ८ वडा र टोखाको पाँच वडा समेटिएको छ ।
गत स्थानिय तहको निर्वाचनमा महानगरको १६ सँगै १७ र २५ वडा कांग्रेसले जितेको थियो भने १८ मा एमाले विजयी भएको थियो । तर, हारेका ठाउँँमा पनि एमाले दोस्रो स्थानमा छ । जबकी राप्रपाको हरेक वडामा भोट निकै कम छ । वडा १६ मा राप्रपाको भोट ५६१ छ भने अन्य वडामा झन कम छ । वडा नम्बर १६ काँग्रेसले जितेपनि मानन्धर सोही वडाको स्थानिय वासिन्दा भएका कारण र दुई पटकसम्म उनी सोही वडाबाट वडाध्यक्षमा निर्वाचित भइसकेका कारण त्यहाँ उनको राम्रो पकड रहेको छ । समग्रमा गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ७ मा कांग्रेसले ११ हजार १५, एमालेले ११ हजार ८ सय ५६, माओवादीले ३ हजार १ सय २० र राप्रपाले १९ सय ६४ मत ल्याएको थियो ।

यहाँ बाम गठबन्धनको पक्षमा १४ हजार ९ सय ७६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १२ हजार ९ सय ७९ मत रहेको छ । अर्थात यहाँ बाम गठबन्धन १९ सय ९७ मतले अगाडि रहेको छ । प्रतिनिधी सभा सदस्यका लागि काँग्रेसले उमेद्वार सिफारिस गरेपनि पार्टीले कमजोर मत रहेको राप्रपाका लागि ठाँउ खालि गरिदिएपछि काँग्रेसका स्थानिय कार्यक्रर्तामा असन्तुष्टि देखिएको छ । स्थानिय तहको मतकै आधारमा पनि बाम गठबन्धन बलियो छ नै त्यसमाथि कमजोर संगठन रहेको राप्रपाको उमेद्वार र स्थानिय काँग्रस कार्यक्रताको असन्तुष्टिका कारण फराकिलो मतान्तरले मानन्धर विजयी हुने अनुमान गर्न सकिन्छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE
LIVE UPDATE:- प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना सुरु
पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु
निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा सीके राउत पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान
आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै
निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने
मौन अवधि सुरु, आजबाट प्रचारमा रोक –आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज
प्रदेशबाट अर्घाखाँचीका बाम गठबन्धन प्रदेश १ का उम्मेदवार चेतनारायणलाई पत्र
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न
आज प्रतिनिधिसभा र प्रदेशसभाको लागि पहिलो चरणको मतदान हुँदै
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
http://go.oclaserver.com/afu.php?zoneid=1465736