arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

झापामा डेंगु रोगको रगत परीक्षण गर्ने कीटको अभावtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक १८, शनिवार)

झापामा डेंगु रोगको रगत परीक्षण गर्ने कीटको अभाव भएको छ ।

जिल्लामा डेंगु रोगीको संख्या दिनप्रतिदिन बढिरहेको समयमा जिल्ला जनस्वास्थ्य झापासँग डेंगु रोग परीक्षण गर्ने कीटको अभाव भएको हो ।

कीट अभावसँगै डेंगु रोग परीक्षणका लागि स्वास्थ्य संस्था पुगेका सर्वसाधारण रोगको परीक्षण नै नगरी घर फर्कन बाध्य छन् । जिल्लामा चार दिनदेखि डेंगु रोग परीक्षणका लागि कीट अभाव भएको बताइएको छ ।

बिर्तामोड नगरपालिकामा गत असोज महिनाको पहिलो सातादेखि यो रोगको संक्रमण देखापरेको थियो । यो सँगै मेची नगरपालिका र दमक नगरपालिकामा डेंगु रोगी फेला परेका थिए । अहिले तीन नगरपालिकासहित बुद्धशान्ति गाउँपालिकामा पनि डेंगु रोगी फेला परेका छन् ।

झापामा डेंगु रोगीको संख्या बढेपछि असोज ६ गते जिल्ला जनस्वास्थ्य कार्यालय झापाले ३०० कीट खरिद गरेको जनस्वास्थ्यका डेंगु रोग नियन्त्रण शाखाका स्रोत व्यक्ति कुलबहादुर पौडेलले जानकारी दिए ।

सो कीट जिल्ला जनस्वास्थ्य कार्यालय, मेची अन्चल अस्पताल भद्रपुर, क्षयरोग निवारण संस्था भद्रपुरमा रहेको जनस्वास्थ्यको ल्याव, दमक अस्पताल, सुरुंगा प्राथमिक स्वास्थ्य केन्द्र, अनारमनी, शनिश्चरे, धुलाबारी, काँकडभिट्टा हेल्थ पोष्टमा रगत परीक्षणका लागि कीट पठाएको थियो ।

डेंगु रोगको लक्षण देखिएका बिरामीलाई चिकित्सकले लेखिदिएको पूर्जा हेरेरमात्र बिरामीको रगत परीक्षण गराउँदै आएको पौडेलले बताए ।

झापामा अहिले मेची अस्पतालसहित अधिकांश हेल्थ पोष्टमा डेंगु टेष्ट कीटको अभाव भएको छ । मेची अन्चल अस्पतालमा चेकजाँचका लागि जाने बिरामीलाई अस्पतालका चिकित्सकले डेंगु रोग परीक्षणका लागि नजिकै रहेको क्षयरोग संस्थामा खोलिएको जनस्वास्थ्यको ल्यावमा पठाउने गरेको छ । तर, तीन दिनदेखि जनस्वास्थ्यकै ल्यावमा कीट छैन ।

अस्पतालका चिकित्सकले दिनमा ३० देखि ४० जना बिरामीलाई डेंगु परीक्षणका लागि ल्यावमा पठाउने गरेको जनस्वास्थ्यका ल्याव टेक्निसियन चन्द्रशेखर यादवले बताए ।

झापामा ५१३ जना डेंगु रोग लागेका बिरामी फेला परिसकेका छन् भने अर्जुनधारामा एकजनाको मृत्यु भइसकेको जनस्वास्थ्यले जनाएको छ । डेंगु रोग फैलिन नदिन अहिले झापाका प्रत्येक नगर तथा गाउँपालिकाले धुवाँ छर्किने अभियान सन्चालन गरिरहेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा
दैलेखमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच गम्भीर घाइते
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला
असंबैधानिक कदम चालेकी राष्ट्रपतिलाई तरुण दलले नेपालको संविधान उपहार दिने
पश्चिम नवलपरासीका उखु किसान अख्तियारमा उजुरी दिने तयारीमा , ठगी गर्नेलाई उन्मुक्ति दिएको आरोप
गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीद्दारा स्पष्ट
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
काठमाडौंका ६ स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न नपाइने
राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति, सातबुँदे सहमतिमा हस्ताक्षर
फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वा‍न
कपिलबस्तुको नेपाल-भारत सीमा क्षेत्र मर्यादपुर खुनुवा क्षेत्रमा बृहत सरसफाइ
प्रधानमन्त्रीद्वारा सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य उल्लेख
संघीय संसदमा १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार
http://go.oclaserver.com/afu.php?zoneid=1465736