arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा खानेपानीको हाहाकारtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ६, शनिवार)

 प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा खानेपानीको हाहाकार भएको छ । 

खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण  एक महिना देखि सन्धिखर्कमा खानेपानीको समस्या परेको हो । 

बागीखोला ।

सन्धिखर्कमा १५ सय भन्दा बढी खानेपानी उपभोक्ता रहेका छन् । यहाँ नियमित उपभोक्ताबाट महिनामा  २० लाख भन्दा बढी महसुल उठाउने गरिन्छ । 

यसभन्दा अगाडी पनि खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण पटक पटक खानेपानी उपलब्ध हुनसकेको थिएन । 

धारामा पानी आउन छाडेपछि सन्धिखर्कका स्थानीय व्यापारी, होटल व्यवसायी, सरकारी, गैरसरकारी कार्यालयका कर्मचारीलगायत सबै मारमा परेका छन्। बजारमा खानेपानीको समस्याले र्सवसाधाराण पानी खोज्दै खोला र कुवामा धाउन बाध्य भएका छन । सन्धिखर्कमा होटल व्यवसाय गर्दै आएका कयौ व्यवसायी दैनिक खोलामा हिँडेर पानी बोकेर होटल सञ्चालन गर्न बाध्य भएका छन् । सरोकारवालाको बेवास्ताका कारण झनै लथालिङ्ग हुन गएको छ ।

धारामा पानी आउन छाडेपछि केही सदरमुकामबासी सात सय मिटर टाढा वागी खोलाबाट गाग्रीमा पानी बोक्न बाध्य भएका छन ।

उपभोक्ता समितिले मुहानमा व्यवस्थित नगर्दा रटयाकीमा जम्मा भएको पानी पनि व्यवस्थित रुपमा वितरण नगर्दा समान रुपमा बजारबासीले खानेपानी पाउन सकेका छैनन । नेता, ठुला धनी व्यक्तीका घरमा प्रशस्त वितरण गर्ने र समान्य घरपरिवारलाई कम पानी दिदा समस्या परेको छ ।

उपभोक्ता समितिले अनियमित ढंगले खानेपानी वितरण गर्दा कोहीका घरमा प्रशस्त पानी छ भने कोहीका घरमा एक गाग्री पनि पानी हुदैन, सबैलाई समान रुपमा वितरण भएको छैन ।

बागीखोला ।

खानेपानी कार्यालय अर्घाखाँचीले अहिले सम्म बागीखोलाको पानी समेत व्यवस्थित गर्न सकेको छैन् । जिल्लाको सदरमुकाम सन्धिखर्कमा दिन प्रतिदिन जनसंख्या बढदो छ । तर खानेपानी वितरण सोही अनुसार भएको छैन ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीले प्रायः वर्षाको समयमा पहिराका कारण मुहान तथा ठाउँ ठाउँमा पाइपसमेत क्षतविक्षत भएर बिग्रिने र हिउँदमा खडेरीका कारण पानीको अभाव हुने गरेको बताउदै आएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
वाङ्गलाको मथुरावेशीमा महायज्ञ: यही सरकारले नै शान्ति र संविधान पुरा गर्ने मन्त्री टोपबहादुर रायमाझीको भनाई
अस्पताल निर्माणार्थ श्रीमद्भागबत ज्ञान महायज्ञ वाङ्ला मथुरामा शुरु
अर्घाखाँचीमा आगलागी हुँदा करिव २ लाखको क्षति
रङैरङको पर्व फागू पूर्णिमा - होली अर्घाखाँचीमा
गोखुङा सम्पर्क समाजको काठमाडौंमा बनभोज कार्यक्रम सम्पन्न
अर्घाखाँचीका सडकमा ग्राभेलको काम ठप्प
नेबिसंघ अर्घाखाँचीको भेला सम्पन्न
अनेरास्ववियु अर्घाखाँची संगठन सदि्रढकरण अभियानमा
विश्व शान्ती महायज्ञ सन्धिखर्कमा सम्पन्न
सन्धिखर्कमा पाक्षिकको बिमोचना
नरपानीमा चुनढुंगा उत्खनन गर्न खोजे प्रतिकार गर्ने चेतावनी
अर्घाखाँचीमा पुर्ण रुपमा बन्दको प्रभाब
पश्चिम नेपालको अर्घाखाँचीमा विशाल मशाल जुलस
धारापानी निवासी माओबादी केन्द्रिय सदस्यलाई पितृ शोक
अर्घाखाँचीका उपभोक्ता भन्छनः सडकमा ठेकेदारले ठग्न खोजे
अर्घाखाँचीका विद्यालयहरुमा पठन पाठन प्रभावित
सुचना लुकाउने निर्णयको विरोधमा अर्घाखाँचीमा धर्ना कार्यक्रम
ठुलापोखरामा योजना एकातिर काम अर्कै तिर
चिदीका ठुलार्खकको ५० औ स्वर्ण महोत्सवको मन्त्रि टोप बहादुर रायमाझीद्धारा उढ्घाटन
दुबईमा निधन भएका अर्घाखाँची फुदवाङका अनुप खड्काको शब आज नेपाल ल्याइदै
http://go.oclaserver.com/afu.php?zoneid=1465736