arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा खानेपानीको हाहाकारtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ६, शनिवार)

 प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा खानेपानीको हाहाकार भएको छ । 

खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण  एक महिना देखि सन्धिखर्कमा खानेपानीको समस्या परेको हो । 

बागीखोला ।

सन्धिखर्कमा १५ सय भन्दा बढी खानेपानी उपभोक्ता रहेका छन् । यहाँ नियमित उपभोक्ताबाट महिनामा  २० लाख भन्दा बढी महसुल उठाउने गरिन्छ । 

यसभन्दा अगाडी पनि खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण पटक पटक खानेपानी उपलब्ध हुनसकेको थिएन । 

धारामा पानी आउन छाडेपछि सन्धिखर्कका स्थानीय व्यापारी, होटल व्यवसायी, सरकारी, गैरसरकारी कार्यालयका कर्मचारीलगायत सबै मारमा परेका छन्। बजारमा खानेपानीको समस्याले र्सवसाधाराण पानी खोज्दै खोला र कुवामा धाउन बाध्य भएका छन । सन्धिखर्कमा होटल व्यवसाय गर्दै आएका कयौ व्यवसायी दैनिक खोलामा हिँडेर पानी बोकेर होटल सञ्चालन गर्न बाध्य भएका छन् । सरोकारवालाको बेवास्ताका कारण झनै लथालिङ्ग हुन गएको छ ।

धारामा पानी आउन छाडेपछि केही सदरमुकामबासी सात सय मिटर टाढा वागी खोलाबाट गाग्रीमा पानी बोक्न बाध्य भएका छन ।

उपभोक्ता समितिले मुहानमा व्यवस्थित नगर्दा रटयाकीमा जम्मा भएको पानी पनि व्यवस्थित रुपमा वितरण नगर्दा समान रुपमा बजारबासीले खानेपानी पाउन सकेका छैनन । नेता, ठुला धनी व्यक्तीका घरमा प्रशस्त वितरण गर्ने र समान्य घरपरिवारलाई कम पानी दिदा समस्या परेको छ ।

उपभोक्ता समितिले अनियमित ढंगले खानेपानी वितरण गर्दा कोहीका घरमा प्रशस्त पानी छ भने कोहीका घरमा एक गाग्री पनि पानी हुदैन, सबैलाई समान रुपमा वितरण भएको छैन ।

बागीखोला ।

खानेपानी कार्यालय अर्घाखाँचीले अहिले सम्म बागीखोलाको पानी समेत व्यवस्थित गर्न सकेको छैन् । जिल्लाको सदरमुकाम सन्धिखर्कमा दिन प्रतिदिन जनसंख्या बढदो छ । तर खानेपानी वितरण सोही अनुसार भएको छैन ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीले प्रायः वर्षाको समयमा पहिराका कारण मुहान तथा ठाउँ ठाउँमा पाइपसमेत क्षतविक्षत भएर बिग्रिने र हिउँदमा खडेरीका कारण पानीको अभाव हुने गरेको बताउदै आएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिका १ मा एमालेको प्यानल बिजयी
शितगंगा नगरपालिका २ मा एमालेको प्यानल बिजयी
सन्धिखर्क १२ मा कांग्रेसको प्यानल विजयी
भुमिकास्थान नगरपालिका १ वाट राष्ट्रिय जनमाेर्चाकाे प्यानल बिजयी
छत्रदेब गाउँपालिका वार्ड न १ र ८ बाट नेपाली कांग्रेसको प्यानल विजयी
पाणिनी गाउँपालिका वार्ड नम्बर १ मा कांग्रेस प्यानल बिजयी
अर्घाखाँचीभर मतगणना जारी ! कांग्रेस ३, एमाले २ र माओवादी केन्द्र १ ठाउँमा अग्रता
शितगंगा नगरपालिका १ वार्डमा एमाले र ८ वार्डमा माअाेबादी केन्द्र प्यानल बिजयी
शितगंगा र छत्रदेवमा एमाले अगाडी
छत्रदेव गाउँपालिकामा मतगणना रोकियो
अर्घाखाँचीमा मतगणना शुरु
अर्घाखाँचीमा स्थानिय निर्वाचनको परिणाम विवरण
सन्धिखर्क नगरपालिकाको मतगणना आज बिहान ७ बजेबाट शुरु गरिने
पाणिनी गाउँपालिकामा स्थानिय निर्वाचनमा ७०.७१% मत खसे, मतगणना शुरु गरिने तयारी
मालारानी गाउँपालिकाको खनदह मतदान केन्द्रमा एमाले र माओवादी केन्द्रबिच झडप, एकको अवस्था गम्भिर, काठमाडौं रिफर
अर्घाखाँचीमा शान्तिपूर्ण रुपमा स्थानिय निर्वाचन सम्पन्न, जिल्लाभर ८९४९८ अर्थात ७०.६३% मत खस्यो
भूमिकास्थान नगरपालिकामा १५१९६ मत खसे, सर्वदलिय बैठक पछि मतगणना शुरु गरिने
सन्धिखर्कको टुँडिखेल केन्द्र (क ) बाट अर्काको नाम मतदान गर्न खोज्ने २ जना युबा पक्राउ
अर्घाखाँचीमा डेढ बजेसम्म ५० प्रतिशत अर्थात ६३३५० मत खस्यो
अर्घाखाँचीबासीहरु छाता ओडेर लाईनमा बसी उत्साहजनक मतदान गर्दै