arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा बढेर दिउँसै विषालु हावाले अंधकार भएर जनजिवन अस्तव्यस्तtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २१, मंगलवार)



भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा बढेर दिउँसै विषालु हावाले अंधकार भएर जनजिवन अस्तव्यस्त भएको छ ।

विषालु वायु प्रदूषणले जनजिवन अस्तव्यस्त भइपछि नयाँदिल्लिका उपमुख्यमन्त्री मनिष सिसोडियाले बालबालिकालाई असर गर्ने भन्दै बुधबारदेखि अनिश्चितकालसम्मका लागि प्राथमिक कक्षासम्मको पठनपाठन बन्द गर्न निर्देशन दिएका छन् ।

साथै, उपमुख्यमन्त्री सिसोडियालेले दिल्लीका जनतालाई केहि दिन बाहिरी गतिविधि नगर्न र सकेसम्म घरमै बस्न आग्रहसमेत गरेको छन् ।

त्यस्तै, मुख्यमन्त्री केजरीवालले दिल्ली ग्यासको च्याम्बर बनेको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘आज दिल्ली ग्यास च्याम्बर बनेको छ, हरेक वर्ष यस्तै हुन्छ अब यसको समाधान खोज्नुपर्नेछ ।’


भारतीय सर्वौच्च अदालतले वायु प्रदुषण नियन्त्रण गर्नका लागि स्थापना गरेको पर्यावरण प्रदूषण नियन्त्रण प्राधिकरण (इपीसीए)ले नीजि सवारीसाधन कम गर्न पार्किङ शुल्क चार गुणाले वृद्धि गरेको बताएको छ । साथै, सार्वजनिक सवारीसाधनको प्रयोग बढाउन मेट्रोको भाडा घटाउने तयारी गरिरहेको इपीसीएले उल्लेख गरेको छ ।

दिल्लीमा अत्याधिक वायु प्रदूषण बढेपछि सर्वौच्च अदालतले पन्जाब, राजस्थान, हरियाणा र दिल्लीसरकारसँग यस विषयमा जवाफ मागेको छ । दिल्लीको प्रदुषणले चारै राज्य सरकारलाई चुनौती थपिएको र उनीहरुले अगामी नोभेम्बर १९ सम्ममा अदालतमा जवाफ नबुभलाए कारबाही अघि बढ्ने भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डले दिल्लीको हावाको गुणस्तर अत्याधिक खतरनाक भएको र 'ग्रेडेड रेपोन्स एक्शन प्लान' सुरु गरिएको जानकारी दिएको छ ।

प्रदूषणको असरले कैयौं सार्वजनिक कार्यक्रम प्रभावित भएको बताइएको छ । त्यस्तै, प्रदूषित धुवाँका कारण हवाइइ उडानसमेत प्रभावित भएको दिल्ली एअरपोर्टले बताएको छ । एजेन्सी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सेनाको कारबाहीमा १७ जना तालिबान मारिए
यूरोपको अर्थतन्त्रमा व्यापक सुधार, रोजगारीका अवसर अत्यधिक तीव्र दरमा सिर्जना
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा
बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिए
साउदी नेतृत्वको सेनाद्वारा यमनी रक्षा मन्त्रालयमा आक्रमण
नयाँदिल्लीको प्रदूषित तुवाँलो हटेन, जनजीवन प्रभावित, सबै प्राथमिक विद्यालयहरु बन्द
पाकिस्तानको एट्टोक जिल्लामा बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु
बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व क्याटलन नेताहरु सशर्त रिहा
क्याटालनले स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनद्दारा प्रत्यक्ष शासन लागु
भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफविरुद्ध पक्राउ आदेश जारी
जापानमा आज संसदीय निर्वाचन
जर्मनी, फ्रान्सलगायतका मुलुक अखन्ड स्पेनका पक्षमा
अफगानिस्तानको कान्दाहारमा तालिबानको आक्रमण, ४३ सैनिक मारिए
भियतनाममा भारी बर्षापछि आएको बाढीपहिरोमा परी ३७ जनाको मृत्यु
क्यालिफोर्नियामा भीषण डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
नयाँदिल्लीमा दिपावलीभर पटका विक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध
यमनमा हैजाबाट २ हजारभन्दा बढी बिरामीको मृत्यु
कीर्गिस्तानकाका उपप्रधानमन्त्रीको कार दुर्घटनामा परी निधन
अमेरिकाको एक भब्य कन्र्सटमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५८ भन्दा बढीको मृत्यु
भारतको मुम्बईस्थित एक रेलवे स्टेसनमा भागदौड मच्चिँदा कम्तीमा २२ जनाको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736