arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
तस्विर

सन्धिखर्कमा यस्तो छ: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्थित आटिकापाटामा मदिरा सेवन गरेर दिउसै सडक छेउमा पल्टिएका एक व्यक्ति । तस्बिर: अर्घाखाँचीडट्कम, २०७४ श्रावन ०७ शनिवार

सितगंगामा बिकास निर्माण: स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा न. ५ का जन प्रतिनिधिहरु बिकास निर्माणका काममा सरिक हुँदै । तस्बिर: बिष्णु पौडेलबाट, अर्घाखाँचीडट्कम, (२०७४ श्रावण ४, बुधवार)

सन्धिखर्कमा प्लटिङ: अर्घाखाँची जिल्लाको सन्धिखर्क । सन्धिखर्कमा खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने कार्य तीब्र रुपमा बढेको छ । उता बसाई सराईले गर्दा सन्धिखर्कको जनघनत्व दिन-प्रतिदिन बृद्धि हुँदैछ । तस्बिर: बसन्त खड्का, अर्घाखाँचीडट्कम, २०७४ आषाढ ३० शुक्रवार

सन्धिखर्क बजार: अर्घाखाँची जिल्लाको सन्धिखर्क बजार लगायत । बसाई सराईले गर्दा सन्धिखर्कको जनघनत्व दिन-प्रतिदिन बृद्धि हुँदैछ । तस्बिर: बसन्त खड्का, अर्घाखाँचीडट्कम, २०७४ आषाढ ३० शुक्रवार

घोचेखोलामा रोपाई:- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ को घोचेखोलामा रोपाई हुँदै । अर्घाखाँची जिल्लामा यतिबेला खेतमा रोपाई गर्न किसान व्यस्त छन् । तस्बिर: नारायण भट्टराई, अर्घाखाँचीडट्कम (२०७४ आषाढ ३०, शुक्रवार)

अर्घामा खेल मैदान: सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्धा मसुरेपाटामा खेल मैदानको काम धमाधम सुरु भएको छ । तस्बिर: रमेश थापा, अर्घाखाँचीडट्कम, २०७४ आषाढ २९ बिहीवार

मेयरको कार्यभार: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसालले कार्यभार समालेका छन् । तस्बिर- सुर्य भुसालबाट, अर्घाखाँचीडट्कम, २०७४ आषाढ २१ बुधवार

सपथ ग्रहण: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका निर्वाचित जनप्रतिनीधिहरुले एक कार्यक्रमका बिच सपथ ग्रहण गर्नु भएको छ ।सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बिक साथै नगरपालिकाका १२ वटा वडाहरुका अध्यक्षहरुलार्ई अर्घाखाँची जिल्लाका मुख्य निर्वाचन अधिकृत केशब प्रसाद बास्तोलाले सपथ ग्रहण गराउनु भएको थियो । त्यस्तै नगर प्रमुख कमल प्रसाद भुसालले बाह्र वटै वडाका सदस्यहरुलाई सफत ग्रहण गराउनु भएको थियो । - अर्घाखाँचीडट्कम, (२०७४ आषाढ २०, मंगलवार)

शपथ: अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा जन निर्वाचित नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु साथै वडा सदस्यहरुले शपथ तथा पदभार ग्रहण गरेका छन् । भूमिकास्थानको मेयर पदमा नवनिर्वाचित मेयर रेशम थापा र उपमेयर खडानन्द बेल्वासे लगायत १० वार्डका नब निर्वाचित जनप्रतिनिधिले एक समरोहका बिच शपथ तथा पदभार ग्रहण गरेका हुन् । नब निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत चेत प्रसाद उप्रेती शपथ गराएका थिए । - अर्घाखाँचीडट्कम, (२०७४ आषाढ २०, मंगलवार)

खुशीयाली: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर - उपमेयर जितेपछि नेपाली कांग्रेस र माओवादी गठबन्धनले संयुक्त विजय जुलुस मनाएका छन । कांग्रेसबाट मेयरमा निर्वा्चित कमल भुसाल र माओवादिबाट उपमेयरमा निर्वा्चित ठाकुर कुमार विकलाई बधाई दिन कर्याकर्ताको सन्धिखर्क टुडिखेलमा घुईचो लागेको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका कमल प्रसाद भुसाल र उपमेयर पदमा माओवादी केन्द्रका ठाकुर कुमार बिक निर्बाचित भएका छन् । अर्घाखाँचीडट्कम, (२०७४ आषाढ १९, सोमवार)

खुशीयाली: नयाँ दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका कमल प्रसाद भुसाल र उपमेयर पदमा माओवादी केन्द्रका ठाकुर कुमार बिक निर्बाचित भएका छन् । भुसालले ८२३० मत लिएर मेयर पदमा बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले ७१२७ मत लिएका छन् । यस्तै उपमेयर पदमा माओवादी केन्द्रका ठाकुर कुमार बिक ७३६५ मत बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका ईश्वरा पोखरेलले ६४०४ लिएकी छिन् । सन्धिखर्क नगरपालिकाका १२ वडामध्ये ६ वडा नेपाली कांग्रेसले, ५ वडा एमालेले र १ वडा माओवादी केन्द्रले जितेको छ । तस्बिर: अर्घाखाँचीडट्कम, (२०७४ आषाढ १९, सोमवार)

सन्धिखर्कका मेयर-उपमेयर : -नयाँ दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका कमल प्रसाद भुसाल र उपमेयर पदमा माओवादी केन्द्रका ठाकुर कुमार बिक निर्बाचित भएका छन् । भुसालले ८२३० मत लिएर मेयर पदमा बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले ७१२७ मत लिएका छन् । यस्तै उपमेयर पदमा माओवादी केन्द्रका ठाकुर कुमार बिक ७३६५ मत बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका ईश्वरा पोखरेलले ६४०४ लिएकी छिन् । सन्धिखर्क नगरपालिकाका १२ वडामध्ये ६ वडा नेपाली कांग्रेसले, ५ वडा एमालेले र १ वडा माओवादी केन्द्रले जितेको छ । तस्बिर: अर्घाखाँचीडट्कम, (२०७४ आषाढ १९, सोमवार)

शितगंगामा विजयी: अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा कांग्रेस माओवादी केन्द्र गठबन्धन मेयर र उपमेयरमा विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका मेयर पदका उम्मेदवार सुर्यप्रसाद अधिकारी ८६७७ मत प्राप्त गरी विजयी हुनुभएको हो, अधिकारीका प्रतिद्धन्धी एमालेका बसन्त श्रेष्ठले ६१०२ मत ल्याएका थिए । उपमेयर माओवादीका टिका रेश्मीको ७१२८ ल्याई विजयी भएका हुन । रेश्मीका प्रतिद्धन्धी गिता भाटले ६१३३ मत ल्याएका थिए । मेयरमा २५७५ र उपमेयरमा ९९५ मतको अन्तर रहेको छ । - अर्घाखाँचीडट्कम, २०७४ आषाढ १८

असुरकोटमा बिजयी: अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको वार्ड न ५ असुरकोटमा राष्ट्रिय जनमोर्चाका तुल्सि बेल्बासेको सम्पुर्ण प्यानल बिजयी भएको छ । अर्घाखाँचीडट्कम (२०७४ आषाढ १८, आइतवार)

विजयी: अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ मा नेपाली कांग्रेसका अशोक श्रेष्ठको प्यानल विजयी भएको छ ।- अर्घाखाँचीडट्कम) (२०७४ आषाढ १७, शनिवार)