arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
तस्विर

खानेपानीको समस्या: अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको कुर बाधाखर्कमा खानेपानीको लाईनमा बसेका स्थानियबासी । यहाँ गाउँलेहरुले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । तस्बिर: राज बहादुर खत्री, अर्घाखाँचीडट्कम २०७४ आषाढ १८

गोखुङा मतदान केन्द्रमा: अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ९ को गोखुङा मतदान केन्द्रमा मतदानकाे लागि लाईनमा बसेका मतदाता । यहाँ वर्षाका बाबजुत शान्तिपूर्ण एवम् उत्साहजनक मतदान सम्पन्न भएको छ । तस्बिर: श्याम घिमिरे, अर्घाखाँचीडट्कम २०७४ आषाढ १४ बुधवार

डिहिडाँडा मतदान केन्द्रमा: सन्धिखर्क नगरपालिका - ७ को खाचिकोट डिहिडाँडा स्थित आदर्श माबी मतदान केन्द्रमा मतदानकाे लागि लाईनमा बसेका मतदाता । यहाँ वर्षाका बाबजुत शान्तिपूर्ण एवम् उत्साहजनक मतदान भईरहेको छ । यहाँ विद्यालयका कोठाहरू प्रयोग गरी मतदान भईरहेको छ । तस्बिर: बसन्त खड्का , अर्घाखाँचीडट्कम २०७४ आषाढ १४ बुधवार

मतदानमा क्रियापत्री: भुमिकास्थान नगरपालीका वडा नम्बर ८ काे यशाेधरा मतदान केन्द्रमा क्रियापत्री रमेश पाैडेल, हरि पाैडेल र लक्ष्मण पाैडेलले मतदान गरेका छन् । यहाँ वर्षाका बाबजुत शान्तिपूर्ण एवम् उत्साहजनक मतदान भईरहेको छ । यहाँ विद्यालयका कोठाहरू प्रयोग गरी मतदान भईरहेको छ । तस्बिर: बिनोद गैरे, अर्घाखाँचीडट्कम २०७४ आषाढ १४ बुधवार

सन्धिखर्क: अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत चुत्राबेशी बजार । अर्घाखाँची जिल्ला यतिबेला चुनावमय भएको छ । तस्बिर: हरि छेत्रीबाट , अर्घाखाँचीडट्कम, २०७४ आषाढ ११

साँझमा सन्धिखर्क: अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत चुत्राबेशी बजारमा साँझको बेला । अर्घाखाँची जिल्ला यतिबेला चुनावमय भएको छ । तस्बिर: बिनु अधिकारीबाट, अर्घाखाँचीडट्कम, २०७४ आषाढ ११

खेत रोप्न व्यस्त: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वाङ्ला स्थित आम्डाँडामा खेत रुप्दै किसानहरु । अर्घाखाँची जिल्लामा किसानहरु खेत रोप्न व्यस्त छन् भने उता असार १४ गते स्थानिय चुनावमा भोट् हाल्न आतुर छन् । तस्बिर: चिरिन्जिवी अधिकारीबाट, अर्घाखाँचीडट्कम (२०७४ आषाढ ११, आइतवार)

चुजाठाटी: अर्घाखाँची र प्युठानको सिमानामा रहेको चुजाठाटी बजार, यहा स्वास्थ्य ,शिक्षा,,सुरक्षा अनि यातायात सबैको ब्यबस्था छ बजार गर्नका लागि र शिक्षा को लागि गाँउ-गाँउ बाट मानिसहरु आउने जाने क्रम चलि रहन्छ भने अहिले चुनावको बेला झन् रमाइलो भएको छ | तस्बिर: बाबु रोका मगर अर्घाखाँची डटकम, २०७४ आषाढ ०४

बिकासको लहर: प्युठान जिल्लाको सदरमुकाम सुन्दर खलङ्गा अनि बिजुवार बजार अर्घाखाँची जिल्लाको छिमेकी जिल्ला प्युठानमा पनि बिस्तारै बिकासको लहर बढ्दै गएको छ | तस्बिर: बाबु रोका मगर अर्घाखाँची डटकम, २०७४ आषाढ ०४

अर्घाखाँचीमा: यतिबेला अर्घाखाँचीमा चुनावी माहोल बढेको छ । तस्बिर: अर्घाखाँचीडट्कम, (२०७४ आषाढ ३, शनिवार)

सुन्दर न्यूयोर्क: सामान्य वर्षाको हुँदा देखिएको न्यूयोर्क सिटीको सुन्दर दृश्य । तस्बिर: देव गौतम, अर्घाखाँचीडट्कम, २०७४ जेष्ठ २४ बुधवार

फुलबारी रिसाेर्टमा: अर्घाखाँची जिल्लाको सन्धिखर्क- ०३ राेकाहाटाेला मुनी फुदवाङ पारी रहेको फुलबारी रिसाेर्टमा स्विमिङ गर्दै स्थानिय । तस्बिर: फेसबूकबाट अर्घाखाँचीडट्कम, २०७४ जेष्ठ २१ आइतवार

फुदवाङ बजार: अर्घाखाँची जिल्लाको सन्धिखर्क ३ कापडाडावाट देखिने फुदवाङ बजार । तस्बिर: फेसबूकबाट अर्घाखाँचीडट्कम, २०७४ जेष्ठ २१ आइतवार

ग्रीष्मकालीन फुलहरु र सुन्दरता: ग्रीष्मकालीन शुरुवातसँगै अमेरिकाको न्यूयोर्क मैनहट्टन स्थित एक पार्क । तस्बिर: देव गौतम, न्यूयोर्क, अर्घाखाँचीडट्कम (२०७४ ज्येष्ट २०, शनिवार)

भलिबल प्रतियोगिता: भारतको राजधानी दिल्ली स्थित अखिल भारत नेपाली एकता मन्चद्दारा आयोजित खुल्ला भलिबल प्रतियोगितामा नेपाली देशभक्त आवाजका खेलाडीहरु खेल मैदानमा राम्रो प्रदशर्न गर्दै । तस्बिर बाबू रोका मगर, अर्घाखाँचीडट्कम, २०७४ जेष्ठ १८ बिहीवार