arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
तस्विर

वर्षको अन्तिम महिना सुपादेउराली: प्रसिद्ध धार्मिक तीर्थ स्थल सुपा देउराली मन्दिर । आज चैत्र १ वर्षको अन्तिम महिना, यहाँ अर्को महिना नयाँ वर्ष २०७४ सालको आगमन सँग भक्तजनहरुको भिड लाग्ने गर्दछ । तस्बिर: अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ चैत्र ०१ मंगलवार

जलुकेमा: अर्घाखाँची जिल्लाको जलुकेमा पसल थाप्न बन्दै गरेको घर लगायत । यहाँ बुटवल हुँदै जलुकेको शिबदह सम्म दैनिक बस चल्ने गर्छन् । साथै कच्ची सडक हुँदा धुलोले पैतलयात्राीका साथै सवारी साधनलाई ठुलो समस्या परेको छ । तस्बिर: अर्घाखाँचीडट्कम, २०७३ फागुन ३० सोमबार

जलुकेमा: अर्घाखाँची जिल्लाको जलुकेमा पसल थाप्न बन्दै गरेको घर । यहाँ बुटवल हुँदै जलुकेको शिबदह सम्म दैनिक बस चल्ने गर्छन् । साथै कच्ची सडक हुँदा धुलोले पैतलयात्राीका साथै सवारी साधनलाई ठुलो समस्या परेको छ । तस्बिर: अर्घाखाँचीडट्कम, २०७३ फागुन ३० सोमबार

फोहोर चुत्राबेशी: अर्घाखाँची जिल्लाको सन्धिखर्कको चुत्राबेशीको घोचेखोला लगायत । चुत्राबेशीका यि खोलामा जताभावी फोहोर फ्याक्दा जताततै दुर्गान्धित भएको छ । तस्बिर: अर्घाखाँचीडट्कम, २०७३ फागुन ३० सोमबार

दुर्गान्धित चुत्राबेशी: अर्घाखाँची जिल्लाको सन्धिखर्कको चुत्राबेशीको घोचेखोला लगायत । चुत्राबेशीका यि खोलामा जताभावी फोहोर फ्याक्दा जताततै दुर्गान्धित भएको छ । तस्बिर: अर्घाखाँचीडट्कम, २०७३ फागुन ३० सोमबार

धनचौर: अर्घाखाँची जिल्लाको धनचौर लगायत । सन्धिखर्क देखि धनचौर, पाकु सम्म साघुरो सडकले गर्दा यहाँ चल्ने सवारी साधनलाई समस्या परेको छ । तस्बिर: अर्घाखाँचीडट्कम, २०७३ फागुन ३० सोमबार

डेभा: अर्घाखाँची जिल्लाको ढिकुरा गाबिसको डेभा लगायत । सन्धिखर्क देखि धनचौर, पाकु सम्म साघुरो सडकले गर्दा यहाँ चल्ने सवारी साधनलाई समस्या परेको छ । तस्बिर: अर्घाखाँचीडट्कम, २०७३ फागुन ३० सोमबार

अर्घाखाँचीमा होली: अर्घाखाँची जिल्लामा आइतबार उल्लापूर्वक होली पर्व मनाइएको छ । सन्धिखर्क लगायत जिल्लाभर केटाकेटी, युवायुवती होली खेल्दै रमाइरहेका देखिन्थे । तस्बिर: कमल बिष्टबाट, अर्घाखाँचीडट्कम (२०७३ फाल्गुन २९, आइतवार)

न्यूयोर्कमा गजुर: अमेरिकाको न्यूयोर्क शहरको एक भवन माथि देखिएको गजुर । न्यूयोर्क शहर अमेरिकाको धेरै जनघनत्व भएको शहर हो। यो विश्वको एक प्रमुख महानगर हो र विश्व व्यापार, वाणिज्य, संस्कृति, फ्यासन र मनोरञ्जन माथि यसको खासै प्रभाव रहेको छ । संयुक्त राष्ट्रको मुख्यालय यहाँ स्थित भएको कारणले गर्दा पनि यो अन्तर्राष्ट्रिय मामिलाको प्रमुख केन्द्रको रूपमा स्थापित रहेको छ । तस्बिर: देव गौतम, अर्घाखाँचीडट्कम, न्यूयोर्क २०७३ फागुन २४ मंगलवार

ट्राफिक नियम उल्लंघन: अर्घाखाँची जिल्लाको सन्धिखर्कमा हेलमेट हातमा लिई मोटरसाइकलमा सवार तीन जनाको सबारी । अर्घाखाँचीमा मोटरसाइकल लगायतका सवारीसाधनले ठाउँ ठाउँमा ट्राफिक नियम उल्लंघन गरेका देखिन्छन् । तस्बिर: बसन्त खड्का, अर्घाखाँचीडट्कम २०७३ फागुन २४ मंगलवार

अर्घाखाँचीमा लालिगुराँस: अर्घाखाँची जिल्लाको खाचिकोट- नरपानीका बनमा ढकमक फुलेका लालिगुराँसकाे रमणिय दृश्य । अर्घाखाँचीमा यतिबेला मौषम सफा सुन्दर रहेको छ । हल्का गर्मीको महसुसु भएको छ । तस्बिर: कमल बिष्ट बाट, अर्घाखाँचीडट्कम (२०७३ फाल्गुन २२, आइतवार)

न्यूयोर्कको सुन्दरता: न्यूनतम् तापक्रम ३ डिग्री सेल्सियस पुगेको बेला सुन्दर रमणिय न्यूयोर्कको क्वीन्स काउंटी । साथमा ईष्ट नदी जसले मैनहट्टन र क्वींस काउंटी छुट्टाउन्छ । तस्बिर: देव गौतम, अर्घाखाँचीडट्कम, न्यूयोर्क (२०७३ फाल्गुन २२, आइतवार)

लालिगुराँस: अर्घाखाँची जिल्लाको ढोरपाटन सडक खण्डमा ढकमक फुलेका लालिगुराँसकाे रमणिय दृश्य । अर्घाखाँचीमा यतिबेला मौषम सफा सुन्दर रहेको छ । हल्का गर्मीको महसुसु भएको छ । तस्बिर: जितेन्द्र खत्रीबाट, अर्घाखाँचीडट्कम (२०७३ फाल्गुन २२, आइतवार)

शिवरात्री: जव जब शिवरात्रीको दिन नजिकिंदै आउँछ, गाँजा र भाङ खानेहरुका लालसा यसरी बढ्दै जान्छ मानौं कि उनीहरुका लागि कुनै अनौठो चाड आएझैं हुन्छ ।वर्षेनी देखिने यो विकृति यस वर्षपनि उसैगरी देखियो जस्तो पहिले देखिन्थ्यो । -तस्बिर इमेजबाट (२०७३ फाल्गुन १३, आइतवार)

फूलको ब्यवसायमा रमाउदै ठाडाका फूल ब्यबसायी कमान सिंह:ठाडा , अर्घाखाँची । अर्घाखाँची जिल्लाको ठाडा गा ,बि ,स ,( प्रस्ताविक शितगंगा नगरपालिका ) ठाडा दहको नजिकै दर्लामीले ब्यबसायिक फलफुल तथा तरकारी ,बंगुर ,कुखुरा ,च्याउ ,खरायो ,पाल्नुको साथै बगैंचा हेर्न आउनेको निम्ति फोटा समेत खिच्दिएर मासिक झन्डै १ लाखको आम्दानी गर्न सफल भएका छन। उनले एक रोपनी बारिमा तरकारी खेती समेत गरेका छन। तस्बिर सहयोगी बी सी अर्घाखाँची डट कम