arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
तस्विर

छत्रगञ्जको जंगल: अर्घाखाँची जिल्लाको छत्रगञ्ज स्थित धुईरानी जंगल । तस्बिर: केशव पन्थी, अर्घाखाँचीडट्कम, २०७३ म‌सिर १२, आइतवार

धान चुट्दै: अर्घाखाँची जिल्लाको पालीमा खेतमा धान चुट्दै व्यस्त किसानहरु । तस्बिर: केशव पन्थी, अर्घाखाँचीडट्कम, २०७३ म‌सिर १२, आइतवार

रातको सुन्दरता: अमेरिकाको न्यूयोर्क स्थित मैनहट्टन र क्वींससँग जोडीएको पुल लगायत । यस अघि न्यूयोर्कका मेयर बिल डे ब्लाजीयोले गैरकानुनी आप्रवासीलाई देशनिकाला गर्ने अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको योजनाका कारण आफ्नो शहरका मानिसहरु त्रसित भएको बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले करिब ३० लाख आप्रवासीलाई देशबाट बाहिर पठाउने वा थुन्ने आफ्नो लक्ष्य भएको बताएका छन्। कयौँ ठूला अमेरिकी शहरका अधिकारीहरुले उक्त प्रस्तावको विरोध गरिरहेका छन्। तस्बिर: देव गौतमबाट, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ मंसिर ११ शनिवार

ढाकावाङबाट: अर्घाखाँची जिल्लाको ढाकावाङको गीताखोलाबाट देखिएको मनमोहक प्रक् ति । तस्बिर: हरि राउतबाट, अर्घाखाँचीडट्कम, २०७३ मंसिर ११ शनिवार

भगवती मन्दिर: अर्घाखाँची जिल्लाको अर्घा स्थित भगवती मन्दिर । तस्बिर: राजिब बेल्बासे, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ मंसिर ०६ सोमबार

अर्घा: अर्घाखाँची जिल्लाको अर्घामा । तस्बिर: राजिब बेल्बासे, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ मंसिर ०६ सोमबार

दुई वटा घारी: अर्घाखाँची जिल्लाको पाली वार्ड - ६ काउछेका राम बहादुर सुनारको खेतमा लगाएको केराको विरुवाले एकै पटक दुई वटा केराका घारी निकालेको छ । यो हेर्न छिमेकी गाबिस बल्कोट, केरुङाका मान्छे आउने गरेको किसान राम सुनार बताउन्छन् । तस्बिर: केशब पन्थी, अर्घाखाँचीडट्कम, २०७३ कार्त्तिक २७, शनिवार

सुन्दर सन्धिखर्क: हरिबोधिनी एकादशीको दिन सन्धिखर्क । हरिबोधिनी एकादशी अवसरमा युवा युवती, संघ- संस्थाका सन्धिखर्कमा देउसी भैलो भएका थिए । हरिबोधिनी एकादशीसंगै आजबाट योवर्षको तिहार समापन भएको छ । तस्बिर: बिनु अधिकारीबाट, अर्घाखाँचीडट्कम

एकादशीमा देउसी भैलो: हरिबोधिनी एकादशीको अवसरमा नेपाली युवा एकै साथ स्वाधिन नेपाल अात्म साथ भन्ने मुल नाराका साथ अखिल नेपाल युवक संघ केन्द्रिय समितिले अर्घाखाँचीमा संचालन गरेको प्रगतिशील देउसी भैलो सन्धिखर्क को शान्तिबगैचामा देउसी भैलो । हरिबोधिनी एकादशीसंगै आजबाट योवर्षको तिहार समापन भएको छ । तस्बिर: जितेन्द्र खत्रीबाट, अर्घाखाँचीडट्कम, २०७३ कार्त्तिक २६, शुक्रवार

शरद ऋतूमा: अमेरिकाको न्यूयोर्कमा आज बिहान एक रुखमा पहेला पातको सुन्दरता । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेट पार्टीकी उम्मेदवार तथा आफ्ना निकटतम प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई हराउँदै विश्वकै शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । तस्बिर: देव गौतम, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक २५

प्रचार: अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आज बिहीवार हुने हिन्दुत्व जागरण ब् हत जनसभाको प्रचार । सभालाई सम्बोधन गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापा सन्धिखर्क आईपुगेका छन् । तस्बिर: सुर्य भुसाल, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ कार्तिक २५

लाईकिराले नष्ट: अर्घाखाँची जिल्लाको चिदिका, बल्कोट र पाली लगायतका पुर्वी गाबिसमा लाईकिराले बारीको तोरी नष्ट पारेको छ । किसानहरु प्रभावित भएका छन् । तस्बिर: केशब पन्थी, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक २२ सोमबार

चिदिका: अर्घाखाँची जिल्लाको चिदिकामा । तस्बिर: केशब पन्थी, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक २२ सोमबार

सुपादेउरालीमा भैलो: अर्घाखाँची जिल्लाको सुपादेउरालीमा कपिलवस्तुबाट आएको भैलो टोली देउसी खेल्दै । अर्घाखाँचीमा यतिबेला बालबालिका, युवायुवती एवम संघ - संस्थाहरु देउसी भैलो खेलिरहेका छन् । अर्घाखाँचीमा एकादशी सम्म देउसी भैलो निरन्तर खेल्ने गरिन्छ । तस्बिर: अशोक पौडेलबाट, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १७ बुधवार

बागीमा भाईटिका: अर्घाखाँची जिल्लाको बागी -६ मा भाईटिका पछि सामहिक तस्बिर लिदै । तस्बिर: पदमरामबाट, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ कार्तिक १७ बुधवार