arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
तस्विर

ढाकावाङमा राजमोको भैलो: अर्घाखाँची जिल्लाको ढाकावाङमा राष्ट्रिय जनमोर्चाको देउसी भैलो । यहाँ बालबालिका, युवायुवती संघ- संस्था लगायतको देउसी भैलो चलिरहेको छ । - तस्बिर: किसन भुसालबाट अर्घाखाँचीडट्कम, ( प्रकासित मिती: २०७३ कार्त्तिक १५, सोमवार)

मलेसियामा लक्ष्मीको पूजा: हिन्दु नेपालीहरुको दोस्रो ठुलो महान पर्व तिहारको अवसरमा मलेसियामा लक्ष्मीको पूजा गर्दै नेपालीहरु । तस्बिर: शंकर पौडेल पाली ६,हाल मलेसिया, अर्घाखाँचीडट्कम, (२०७३ कार्त्तिक १४, आइतवार)

एमाले सन्धिखर्कको भैलो: अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ने.क.पा.एमाले सन्धिखर्क नगर समन्वय कमिटी अर्घाखाँचीद्वारा तिहारको लक्ष्मी पुजाको दिन देखि सन्धिखर्कमा सुरू गरेको द्यौसीभैलो । कार्यक्रम । तस्बिर: जनार्दन खनालबाट, अर्घाखाँचीडट्कम(२०७३ कार्त्तिक १४, आइतवार)

लक्ष्मीको पूजा एवम तोरन पुजा: अर्घाखाँची जिल्लाको खिल्जीमा यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा एवम तोरन पुजा गरिएको छ । तस्बिर: राजिव बेल्बासे तस्बिर: अर्घाखाँचीडट्कम, (२०७३ कार्त्तिक १४, आइतवार)

धारापानीको भैली: अर्घाखाँची जिल्लाको धारापानीमा शुरु भएको देउसीभैली टोली । यहाँ केटाकेटी, युवायुवती संघ- संस्थाले छुट्टा छुटै खेलिरहेका छन् । तस्बिर: अर्घाखाँचीडट्कम, (२०७३ कार्त्तिक १४, आइतवार)

गाई तिहार: अर्घाखाँची जिल्लाको बल्कोटमा ९ वर्ष देखि निरन्तर दुध दिदै आएको गाई। यस गाईले अहिले पनि दैनिक २ लिटर दुध दिदै आएको छ । यस्तै कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । तस्बिर: केशब पन्थी, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १४

सन्धिखर्क: तिहारको आगमन सँगै अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत । तस्बिर: राजीव बेल्बासे, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १३ शनिवार

झिमरुक खिल्जी: तिहारको आगमन सँगै अर्घाखाँची जिल्लाको खिल्जी दामारा, झिमरुक नदी लगायत । तस्बिर: हिमाल बेल्बासे, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १३ शनिवार

तिहारको लागि खसी: साउदी अरबमा तिहारको लागि खसी छान्दै एक नेपाली । दोस्रो महान् चाड तिहार यमपञ्चक शुरु भएको छ । देश-विदेशमा रहेका नेपालीहरुलाई तिहार लागिसकेको छ । तस्बिर:- अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १२ शुक्रवार

झिमरुकमा तिहार फूलहरु: तिहारको आगमन सँगै अर्घाखाँची जिल्लाको खिल्जी दामारा देखि प्युठानको दाङवाङ जोडने झिमरुक नदी किनारामा देखिएका फूलहरु । तस्बिर: हिमाल बेल्बासे, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १२ शुक्रवार

झिमरुक पुल : अर्घाखाँची जिल्लाको खिल्जी दामारा देखि प्युठानको दाङवाङ जोडने झिमरुक पुल लगायत । तस्बिर: हिमाल बेल्बासे, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १२ शुक्रवार

झिमरुकमा जाल: अर्घाखाँची जिल्लाको खिल्जीमा पर्ने झिमरुक नदीमा जाल हानेको माछा मार्दै । झिमरुकमा अर्घाखाँची - प्युठानका मानिसहरु नियमित जाल हान्न आउने गरेको देखिन्छ । तस्बिर: राजिव बेल्बासे, अर्घाखाँचीडट्कम, (प्रकासित मिती: २०७३ कार्त्तिक ११, विहीवार)

खिल्जीको लाखे : अर्घाखाँची जिल्लाको खिल्जी स्थित शान्ति मावीमा लाखे नाच । तस्बिर: राजिव बेल्बासे, अर्घाखाँचीडट्कम, (प्रकासित मिती: २०७३ कार्त्तिक ११, विहीवार)

बल्कोटको प्रवि: अर्घाखाँची जिल्लाको बल्कोट स्थित श्री अम्बर प्रथामिक विधालय । ठाउँ-ठाउँमा प्राईभेट स्कुल खुले पनि यहाँ विधार्थीको सन्ख्यामा कमी आएको छैन । तस्बिर : केशब पन्थी, अर्घाखाँचीडट्कम, (२०७३ कार्त्तिक ११, विहीवार)

हराभरा पाली: अर्घाखाँची जिल्लाको पाली गाबिस स्थित पर्ने काउछेबेसीमा देखिएको धान फाट । पालीमा तिहार नजिकै जाँदा जताततै रमाइलो, खुशीयाली देखिन्छ । तस्बिर : केशब पन्थी, अर्घाखाँचीडट्कम, (२०७३ कार्त्तिक ११, विहीवार)