arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
तस्विर

बटुवाहरु: अर्घाखाँची जिल्लाको ठाडा -३ जसरायको पौवामा पानी परेपछि ओत लाग्दै बटुवाहरु । पछिल्लो समय आएको वर्षाका कारण अर्घाखाँची जिल्लाका गाउँ - गाउँका सडक अस्तव्यस्त हुँदा मानिसहरु पैदल हिडन वाध्य भएका छन् । तस्बिर: फेसबूकबाट, अर्घाखाँचीडट्कम, २०७३ असोज ०१ शनिवार

भारी बोकेर: अर्घाखाँची जिल्लाको ठाडामा भारी बोकेर जादै एक युवती । पछिल्लो समय आएको वर्षाका कारण अर्घाखाँची जिल्लाका गाउँ - गाउँका सडक अस्तव्यस्त हुँदा मानिसहरु पैदल हिडन वाध्य भएका छन् । तस्बिर: फेसबूकबाट, अर्घाखाँचीडट्कम, २०७३ असोज ०१ शनिवार

सम्पन्न प्रगतीनगर: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको प्रगतीनगर लगायत । प्रगतिनगर ( पहिलेको भालुखोला) सन्धिखर्कको पहिलो सुन्दर, सुविधा सम्पन्न गाउँ हो । सन्धिखर्क, चुत्राबेशी बजार दिनप्रतिदिन अव्यवस्थित, फोहोर बन्दै गएको बेला यहाँ घडेरी र पर्यटन व्यापार विस्तारको लागि व्यापारीहरु कसरत गरिरहेका देखिन्छ । तस्बिर: अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ भाद्र २५ शनिवार

प्रगतीनगरबाट गच्छेखोला: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको प्रगतीनगर लगायत । प्रगतिनगर ( पहिलेको भालुखोला) सन्धिखर्कको पहिलो सुन्दर, सुविधा सम्पन्न गाउँ हो । सन्धिखर्क, चुत्राबेशी बजार दिनप्रतिदिन अव्यवस्थित, फोहोर बन्दै गएको बेला यहाँ घडेरी र पर्यटन व्यापार विस्तारको लागि व्यापारीहरु कसरत गरिरहेका देखिन्छ । तस्बिर: अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ भाद्र २५ शनिवार

सुन्दर जुकेना: अर्घाखाँची जिल्लाको जुकेना गाबिसमा देखिएको हरियाली रमणिय दृश्य । जुकेनामा तीज सकिए लगतै किसानहरु बारीमा मकै काट्ने एवम जोत्ने काममा व्यस्त छन् । उता महान् चाड दसैं पनि नजिकिदै जाँदा यहाँ जताततै रमाइलो छ । तस्बिर: युबराज पौडेलबाट, अर्घाखाँचीडट्कम, २०७३ भाद्र २३ बिहीवार

बारी जोत्दै ट्याक्टर: अर्घाखाँची जिल्लाको सन्धिखर्क -९ को प्रगतीनगरमा बारी जोत्दै । महान चाड दशै नजिकै गर्दा यहाँ जताततै रमाईलो छ । - अर्घाखाँचीडट्कम्, भाद्र २२ गते

धारापानीमा तिज: विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि अर्थात तिजको पांचौ दिन (पञ्चमीमा )अर्घाखाँची जिल्लाको धारापानी गा .वि .स वडा न ७ स्थित उपल्लो चौतारा श्री सिद्दार्थ प्रा .वि को प्रांगणमा भव्य तिज गित कार्यक्रम सम्पन्न भएको छ । तस्बिर: अजय कुमार के।सीबाट, अर्घाखाँचीडट्कम, (२०७३ भाद्र २१, मंगलवार)

प्रगतिनगरमा ऋषि पञ्चमी : अर्घाखाँची जिल्लाको सन्धिखर्क -९ स्थित प्रगतिनगरमा ऋषि पञ्चमी पर्वको अवसरमा पूजा गरिदै । हिन्दू महिलाहरुले आज सप्त ऋषिको पूजाआजा गरी हरितालिका तीजको ब्रत सम्पन्न भएको छ । तस्बिर: अर्घाखाँचीडट्कम, भदौ २१, २०७३

आज सन्धिखर्कमा: तीजको अघिल्लो दर खाने दिन अर्घाखाँची जिल्लाको सन्धिखर्क । अर्घाखाँचीभर अहिले दर खाने र तीज गीत कार्यक्रम शुरु भएका छन् । साथै जिल्लामा मौषम सफा छैन । तस्बिर: अर्घाखाँचीडट्कम, २०७३ भाद्र १८, शनिवार

मरेङमा तीज : अर्घाखाँची जिल्लाको मरेङ - ७ स्थित श्री सरस्वती उच्च मावीमा भएको तीज प्रतियोगितामा । यस प्रतियोगितामा बिभिन्न समुहले भाग लिएका थिए । तस्बिर: श्री सरस्वती उच्च मावी, अर्घाखाँचीडट्कम, २०७३ भाद्र १७, शुक्रवार

ल्यापटपमा फिल्म: अर्घाखाँची जिल्लाको धारापानीमा स्थानिय केटाकेटीहरु ल्यापटपमा फिल्म हेर्दै । यहाँ केबल लाईन, ईन्टरनेटको सुविधा पुगिसकेको छ । यहाँ नयाँ नयाँ फिल्म ईन्टरनेटबाट हेर्ने गरिन्छ । तस्बिर: गिरीराज बन्जाडेबाट, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ भाद्र ११, शनिवार

सुन्दर धारापानी: अर्घाखाँची जिल्लाको धारापानीमा । तीज नजिकदै जाँदा धारापानीमा जताततै रमाइलो एवम रातदिन तीज गीत- मादल घन्किरहेका सुनिन्छन् । तस्बिर: गिरीराज बन्जाडेबाट, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ भाद्र ११, शनिवार

घुम्टीबाट उत्तर: अर्घाखाँची जिल्लाको नरपानी मुनी घुम्टीबाट उत्तर तिर हेर्दा । तस्बिर: रविन सुनारबाट, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ भाद्र ११, शनिवार

रमाइलो बाँगी: अर्घाखाँची जिल्लाको बाँगी गाबिसमा । बाँगीमा तीज नजिकै जादा जताततै रमाइलो एवम रातदिन तीज गीत- मादल घन्किरहेका सुनिन्छन् । तस्बिर: फेसबूकबाट, अर्घाखाँचीडट्कम, प्रकासित मिती: बुधबार, भाद्र ८, २०७३

भारतमा पनि तीजको रौनक़ : नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर नेपाली जनसम्पर्क समिति मध्ये भारतले मध्यप्रदेशको राजधानी शहर भोपालमा तीजगीत कार्यक्रम गरेको छ। तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम, प्रकासित मिती: २०७३ भाद्र ०७ मंगलवार