arghakhanchi
मिति: २०७० आषाढ ५, बुधवार
लिंकहरु
टेलिभिजन अन्तराष्ट्रिय समाचार अनलाईन् रेडियो दैनिक पत्रपत्रिका अनलाईन् समाचार मनोरन्जन
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
खिलराज रेग्मी नेतृत्वको सरकारले आगामी मंसिर ४ गते सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्छ
सक्दैन
थाहा भएन
जेसुकै होस् मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
 
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
भिडियो
हिमपहिरो "हिमताल विष्फोट"

- प्रेम नेपाली/लालप्रसाद शर्मा
 
पोखरा  - माछापुछ्रे हिमालबाट शनिबार बिहान गएको हिम पहिरोले सेतीनदीमा बाढीको रुप लिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । मृतक संख्या अझै बढ्न सक्ने प्रहरी अनुमान छ । प्रहरीले करिब ५० जना बेपत्ता रहेको जानकारी दिए पनि यकिन संख्या खुल्न सकेको छैन ।

कास्कीको माछापुछ्रे र सर्दीखोला गाविसका आधा दर्जन बस्तीका बारेमा जानकारी पाउन सकिएको छैन । ती बस्तीहरूलाई बाढीले बगाएको अनुमान गरिएको छ ।


 
माछापुछ्रे र सार्दीखोलाको सीमा क्षेत्रमा पर्ने खारापानी क्षेत्र बाढीको बसैभन्दा ठूलो चपेटामा परेको छ । त्यही पसल गरेर बस्ने गोपाल ताम्राकारको शव भेटिएको छ । अन्यको नाम ठेगाना खुलेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरू उद्दारमा लागेको छन् । हेलिकप्टरबाट पनि अनुगमन गरिएको छ ।

सार्दी खोला�९ को तातोपानीमा डुब्न गएका २० जना जाति पनि बेपत्ता छन् । त्यसमा तीन जना रूसी पर्यटक रहेको बताइएको छ ।  त्यसैगरी माछापुछ्रे गाविसका चार जना पनि बेपत्ता छन् । पोखराको ला�गान्धी इन्टरनेसन कलेजबाट वनभोज खाना गएका १६ जना विद्यार्थी मध्ये २ जना बेपत्ता रहेको पनि बताइएको छ ।

हिमपहिरोका कारण सेती नदीमा आएको बाढीले पुल र चारबटा ट्रक समेत बगाएको छ । यस्तै स्याङ्जाबाट वनभोजका लागि आएको बस पनि बगाएको छ । बाढी बिहान १० बजेतिर बाट सुरु भएको बाढी अहिले सार्दीखोला हुँदै पुरुन्चौरतर्फ आउँदै गरेको स्थानीयबासीले बताएका छन ।
 
पश्चिमाञ्चलका डिआईजी राजेन्द्रसिंह भण्डारीले थप क्षति हुन नदिनका लागि आम नागरिकलाई सुसूचित गर्ने तथा उद्धार कार्यमा नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरी सक्रियताका साथ परिचालन भएको बताएका छन् । चार जनको शव भेटिएको र तीन जनालाई जिवितै उद्धार गरिएको उनले बताए । थप क्षतिको विवरण संकलन भइरहेको उनले जनाएका छन् ।
 
 
बाढीले रूखहरू बगाउनुका साथै खेतमा कटान थालेको छ । नदी आसपासका बासिन्दा भागाभाग गरेको पुरुन्चौर १ कि सम्झना अधिकारीले जानकारी दिइन् । सार्दीखोलका ललित ताम्राकारले मानिसमा भागदौड भएको जानकारी दिए । ठूलो आवाजका साथ आएको बाढीले पुल र नजिकैका घरहरू पनि बगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।
 
 पोखरा विमानस्थलका वरिष्ठ अधिकृत अनुप जोशीले माछापुच्छ्रेतर्फ उड्दै गरेका जहाजले हिउँपहिरोका कारण ठूलो बाढी सेती नदी हुँदै पोखरातर्फ आउदै गरेका बताए । 'हिउ पहिरोले ठूलो बाढी पोखरातिर आउँदै गरेका दृश्य विमानबाट देखिएको जानकारी आएको छ' उनले भने 'चाँडै नै पोखरातिर आउँदै गरेकाले सबैलाई सचेत रहन सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिदिनुहुन आग्रह गदर्छौ ।' बाढीले कति क्षति पुगे सो बारेमा विवरण प्राप्त भइसकेको छैन ।
 
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले यस प्राकृतिक बिपत्तिमा परेकाहरूका उद्दारका लागि सबै स्रोत साधनको परिचालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री पोखराको प्रशासनसँग नियमित प्रत्यक्ष सम्पर्कमा छन् । उनको निर्देशनमा उद्धारका लागि विज्ञहरूको टोली सहित सेनाको हेलिकप्टर त्यता गएको छ ।
 
मिति: २०६९ वैशाख २४, आइतवार

 
अन्य भिडियो
सुपा देउराली मन्दिर
झापडपछि प्रचण्डको अन्तरर्वाता
प्रमको राष्ट्रका नाममा सम्बोधन
देउसी खेल्न पत्रकारहरु नेताहरुक&