उत्तर पश्चिमी पाकिस्तानको हान्गु क्षेत्रमा पाँच तारिखका दिन यात्रुवाहक गाडीको लहर आत्मघाती विस्फोटमा परेका छन्। यसबाट कम्तीमा बाह्रजनाको मृत्यु हुनुका साथै तीसभन्दा बढी घाइते भएका छन्।
पाकिस्तानी प्रहरी पक्षले पाँच तारिखका दिन उक्त कुरा बताएको हो।
प्राप्त समाचारअनुसार एकजना आत्मघाती हमलाकारले पेट्रोल पम्पनजिकै रहेका र यात्रुले खचाखच बसहरुतर्फ तीब्र गतिमा दगुरेर आफ्नो शरीरमा बोकेका बारुदलाई पड्काएको थियो।
हालसम्म पनि कुनै पनि संगठन वा व्यक्तिले उक्त विस्फोटको जिम्मा लिएको छैन।