अमेरिकाका सबैभन्दा वृद्धा जेष्ठ नागरिकको ११४ वर्ष २९४ दिनमा मृत्यु

अमेरिकामै बसोबास गर्ने लगभग ११५ वर्षीया मेरि जोसेफीन रे नामकी अमेरिकाकी सबैभन्दा वृद्धा जेष्ठ नागरिकको गत आइतबार ११४ वर्ष २९४ दिनमा मृत्यु भएको छ ।

निजकी नातिनीले जनाए अनुसार परलोक हुनु दुई हप्ता पूर्वसम्म ती वृद्धाले दैनिक क्रियाकलाप राम्ररी गरिरहेकी थिइन् र  आफ्नो ११६ औं जन्मदिवस मनाउने तरखरमा थिइन् ।

अब विश्वको सबैभन्दा वृद्धा जेष्ठ नागरिक महिलामा जापानकी ११४ वर्ष ३०१ दिनकी कामा चिनेन नामकी महिला पर्दछिन् ।