केही सशस्त्र व्यक्तिहरुले दश तारिखका दिन उत्तर-पश्चिमी पाकिस्तानको एउटा गैर-सरकारी संगठनको कार्यालयमा गरेको आक्रमणमा परी कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन्।
स्थानिय प्रहरीका अनुसार विश्व अन्तर्राष्ट्रिय दृष्टि संगठनको कार्यालयमाथि उक्त आक्रमण गरिएको हो।ती सशस्त्र व्यक्तिहरुले सो कार्यालयमा बम हान्नुका साथै त्यहाँका कर्मचारीहरुमाथी पनि बन्दुक चलाएका थिए। सो घटनामा मृत्यु भएका पाँच जना कर्मचारीहरु मध्ये दुई जना महिला छन्।
अहिलेसम्म कुनै पनि संगठन तथा व्यक्तिले यो आक्रमणकारी घटनाको जिम्मा लिएको छैन। तर प्रहरीका अनुसार ती सशस्त्र व्यक्तिहरु तालेवानी सशस्त्र समूह हुन सक्ने सम्भावना रहेको छ।
बम-विस्फोटन भए पछि उक्त संगठनले पाकिस्तानस्थित आफ्ना सबै छ वटा कार्यालय बन्द गरेको छ।