भारतीय संसदको माथिल्लो सदनद्बारा संसदमा महिला संख्या बढाउने विध्येयक पारित

भारतीय संसदको मथिल्लो सदनमा हिजो एक गम्भिर बहसपछि बहुमतवाट महिला स्थान बढाउने विध्ययक पारित भयो।

          उक्त प्रस्ताव अनुसार, भारतले संसदको तल्लो सदन र विभिन्न क्षेत्रीय संसदमा महिलाका लागि तेंतीस प्रतिशतमा रहेको स्थानलाई कायमै राखी महिला राज्य मामिलामा सहभागी हुने अधिकार बढाउने छ।

          भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टीले उक्त प्रस्तावलाई समर्थन गरेकाले सो प्रस्ताव आउने संसदको तल्लो सदनको मतदानमा सजिलै पारित हुने अनुमान गरिएको छ।