मेक्सिको – माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई दोश्रो नम्वरमा धकेल्दै मेक्सिकोका कार्लोस् स्लिम हेलू बर्षकै धनी व्यक्ति भएका छन् । मेक्सिकोको दूरसंचार कम्पनी टेलमेक्सका मालिक उनको सम्पती ५३.५ अर्ब डलर छ ।
फोर्ब्स म्यागेजिनले बुधबार घोषणा गरेको अर्बपतिको सूचिमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स ५३ अर्ब डलरका साथ दोस्रो स्थानमा छन् । उनी यसअघि विश्वकै सर्वार्धिक धनी थिए ।
फोर्ब्स म्यागेजिनका अनुसार तेस्रो धनीमा अमेरिकाका वारेन बफेट, चौथो र पाँचौमा क्रमशः भारतका मुकेश अम्बानी र लक्ष्मी मित्तल घोषित भएका छन् । छैठौंमा अमेरिकाका लरेन्स एलिसन, सातौंमा फ्रान्सका बर्नार्ड अर्नाल्ट, आठौंमा ब्राजिलका आइक बाटिस्टा, नवौंमा स्पेनका आमानसियो ओर्टेगा र दशौं विश्व धनीमा जर्मनीका कार्ल अल्बेच्ट घोषित भएका छन् ।
अर्बपतिको सूचिमा यसपटक एसीयाली मुलुकको बर्चस्व छ । अर्बपतिमा चीनका ६४ जना छन् भने छिमेकी भारतका ४९, हङकङका २५, जापान २२, दक्षिण कोरिया १२, अष्ट्रेलिया १२, मलेसिया ९, इन्डोनेसिया ७, सिंगापुर ४, न्युजिल्याण्ड र थाइल्याण्ड ३-३, फिलिपिन्स २ र पाकिस्तानी एक जना अर्बपति कहलिएका छन् ।