रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन भारत भ्रमणमा,दश भन्दा बढी सम्झौतामा हस्ताक्षर

रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले हिजो राती भारतको राजधानी नयाँ दिल्ली पुग्नुभई भारतको भ्रमण सुरु गर्नुभयो।

श्री पुटिनले रुसी प्रधानमन्त्रीको पद सम्हालेपछि भारत भ्रमण गरेको यो पहिलो पटक हो। आज प्रधानमन्त्री पुटिनले भारतका राष्ट्रपति प्रतिभा पाटिलसँग भेट-वार्ता गर्नुभयो। उहाँले भारतका प्रधानमन्त्री मनमोहन सिंहसँग पनि भट-वार्ता गर्नुभयो। थाहा भएअनुसार, भ्रमणका अवसरमा भारत र रुसले दश भन्दा बढी सम्झौतामा हस्ताक्षर गर्नेछन्।

भेटका अवसरमा दुवै पक्षले आणविक ऊर्जा सम्बन्धी सहयोगबारे पनि छलफल गर्नेछन्। यसबाहेक दुवै पक्षले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समस्या, अफ्गान परिस्थिति, इरानको आणविक समस्या आदिबारे पनि छलफल गर्नेछन्।