बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
– उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधि
घरेलु कामदारका रूपमा साउदी अरबमा आई बिचल्लीमा परेका थप ४ जना नेपाली महिलाहरुलाई नेपाली दुतावास रियादले उद्धार गरेको छ | उद्धार भई एअर अरेबिआको उडान मार्फत नेपाल फर्किएका छन । १२ मार्चमा काठमाडौ पुगेका महिला हरुको तस्विर र नाम समेत को विवरण तल प्रस्तुत गरिएको छ ।
१. प्रेम कुमारी श्रेष्ठ (नाम परिवर्तन), गोदक – ४, इलाम
२. रामवती झाँगड, थल्थाला – २, मोरंग
३. हीरा गिरि, ढकाल गाउँ – ५, सिन्धुली
४. नीतु ज्ञावाली कार्की, मदन पोखरा – ४, पाल्पा
यी मध्ये कृष्ण कुमारी श्रेष्ठ ८ महिनाकी गर्भवती छिन | यो आँफैमा अलि नौलो र बिशेष सम्बेदनशील केश थियो | नेपाली दुतावासले आफ्नो सम्पर्कमा आएको अति छोटो समयमै यिनको उद्धार गर्न सफल भएर बिशेष सर्हानिय कार्य गरेको छ | साथै यी सबैको नेपाल पुगे उपरान्त थप उद्धार र यथासम्भव व्यवस्थापन गर्न यस अघि झैँ “पौरखी” लाइ दुतावासले बिशेष आग्रह गरेको छ |
स्रोत: नेपाली दुतावास, रियाद
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।