लाहोर, पाकिस्तान – पाकिस्तानको स्वात उपत्यकामा आज भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।
लाहोरमा शृङ्खलाबद्ध विस्फोट भएको ठीक एक दिनपछि यो पछिल्लो विस्फोट भएको छ।
स्वात उपत्यकाको दक्षिण मिङ्गोराको सैपू सरिफमा ती आत्मघातीले विस्फोट गरेका हुन्।
त्यस आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै अरु ३७ जना घाइते भएको वरिष्ठ प्रहरी अधिकारी काजी जमिल्ले बताए।