संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले हिजो हाईटी भुकम्प प्रभावित क्षेत्रको पुन भ्रमण गर्दै भुकम्प पछिको पुनःनिर्माण कार्यको निरीक्षण गर्नुभयो।
श्री बान कि मुनले सोही दिन हाईटीका राष्ट्रपति रेने प्रेभालसंग आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मनसुनी हावा शुरु हुन लागेकोले संयुक्त राष्ट्र संघले भुकम्प प्रभावित स्थानिय बासिन्दाहरुलाई पक्की घर उपलब्ध गराउने कुरा बताउनुभयो। संयुक्त राष्ट्र संघले भुकम्प प्रभावित क्षेत्रमा क्ष्यतिपुगेका घरहरुलाई बलियो पार्ने कुरा पनि श्री बानले बताउनुभयो।
उहाँले संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय समाजले पठाएको उद्धार सामाग्री वितरण गर्ने कार्यमा समन्वय गर्नुपर्ने पनि बताउनुभयो।