अफगानिस्तानको गृह मन्त्रालयले आज सार्वजनिक गरेको सूचनाअनुसार, अफगानिस्तानी प्रहरीले आज पूर्वी भागको पकटिया प्रान्तमा पाँच जना आत्मघाती आक्रमणकरीहरुलाई मारिदिएको छ।
उक्त सूचनाअनुसार, पाँच जना आत्मघाती आक्रमणकरीहरुले आज पकटिया प्रान्तको बार्माल क्षेत्रमा प्रवेश गरी एक बजारको फरक ठाउँमा शरीरमा बाँधिएको बम पड्काउन खोजेका थिए। प्रहरीले त्यो थहाएपछि उनीहरुलाई मारिदिएको हो। आक्रमणकरीहरुले शरीरमा बाँधिएको बम पड्काउन भ्याएका थिएनन्।