आगामी २२ गते दिउँसो ४ बजेदेखि चालू हुनेगरी संसदको सातौं अधिवेशन आहवान

काठमाडौ – राष्ट्रपति रामवरण यादवले आगामी २२ गते  दिउँसो ४ बजेदेखि चालू हुनेगरी संसदको सातौं अधिवेशन आहवान गरेका छन् ।

प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिसमा राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ५१ को उपधारा १ बमोजिम बिहीबार अधिवेशन आहवान गरेका हुन् । यो संसदको हिउँदे अधिवेशन हो । हिउँदे अधिवेशनलाई बिधेयक अधिवेशनको रुपमा लिइन्छ ।