युरो क्षेत्रका अर्थमन्त्रीहरुले हिजो ब्रुसेल्समा आयोजित सम्बन्धित सम्मेलनमा ग्रिसको ऋण सङ्कट समाधान गर्न छलफल गर्नुभयो। विभिन्न मुलुकका अर्थमन्त्रीले ग्रिसका लागि जरुरी सहायता व्यवस्था तयार गर्न स्वीकार गर्नुभयो।
सम्मेलनपछि प्रकाशित वक्तव्यमा छलफलमा रहेको उक्त सहायता व्यवस्था ग्रीसलाई सहायता चाहिने अवस्थामा तुरुन्तै दिन सकिने कुरा जनाइएको छ।