दक्षिण कोरियाको एकिकृत मन्त्रालयका प्रवक्ता छुन हे साङ्गले आज मुन्द खुम्काङ्ग पर्यटन समस्याको समाधानमा उत्तर कोरियाले एक पक्षीय कार्वाही चलाउँदा दक्षिण कोरियालाई गम्भीर अफसोस लागेको कुरा बताउनुभयो।
साथै उत्तर कोरियालाई यस्तो कार्वाही रोक्न अनुरोध गर्दै उहाँले सरकारहरूबीचको वार्ताबाट नै यसको समाधान निकाल्न आव्हान् पनि गर्नुभयो।
उहाँले आज आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।