थाईल्यान्डका प्रधानमन्त्री अभिसिटले आज उन्नाईस तारिखका दिन बैङ्ककको उत्तरी भागको एक सैनिक शिविरमा बोल्दै बैङ्ककको परिस्थिति, आउने हप्तासम्म पुन:सामान्य हुने विचार व्यक्त गर्नुभयो।
एकतन्त्र रजाइँविरुद्ध प्रजातान्त्रिक संघसमर्थक रातो पोशाक समूहले बैंङ्ककमा गरेको सरकारविरोधी जुलूसले गर्दा यसहप्ता थाई मन्त्रीमण्डलको नियमित बैठक रद्ध गरिएको मात्र नभई संसद अधिवेशन पनि आयोजना हुन सकेको छैन्।
आज रातो पोशाक समूहले निरन्तर रुपमा बैङ्ककमा जुलूस गर्ने क्रम जारी नै रहेको छ। प्रदर्शनकारीले यस महिनाको चौध तारिखदेखि जुलूस निकाल्न सुरु गरेका हुन्।उनीहरुले सरकारलाई चौबीस घण्टाभित्र संसदको तल्लो सदन भङ्ग गर्न माग गरेका छन्।तर श्री अभिसिटले पन्ध्र तारिखमा उक्त कुरा अस्वीकार गर्नुभयो।