नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जलि अर्पणका क्रममा उपत्यकामा सदाभन्दा फूलको कारोबार तेब्बरभन्दा बढी भएको छ। पहिले-पहिले सरदर दैनिक रु.पाँच लाखको हाराहारीमा फूलको बिक्री भएकोमा हिजो रु. 15 लाखसम्मको बिक्री भएको पुष्प व्यवसायी सङ्घले बताएको छ।
सङ्घका अध्यक्ष अरुण श्रेत्रीका अनुसार स्व.कोइरालाको श्रद्धाञ्जलिको लागि फूलको प्रयोगले व्यापार एक्कासी बढेको हो। सामान्यतया चैतलाई फूल बिक्रीको हिसाबले कम बिक्री हुने महिनाको रूपमा व्यवसायीहरूले लिन्छन्। श्रद्धाञ्जलि दिनआएका सबैको हातमा पुष्पगुच्छा र खादा रहेको थियो।