अमेरिकी राष्ट्रपति ओबामाले ईजरेलका प्रधानमन्त्री नितन्याहूसँग हिजो तेईस तारिखका दिन व्हाईट हाउसमा भेटवार्ता गर्नुभयो।
अमेरिका र ईजरेलबीचको तनावपूर्ण समस्या समाधान गर्नु,ईजरेल र प्यालेस्टाईनबीचको शान्ति वार्तालाई थप प्रबर्द्धन गर्नु र ईरानको आणविक योजनाबाट पुर्याइएको धम्कीका लागि अमेरिका तथा ईजरलद्बारा लिइएको अडानलाई समन्वय गर्नु नै श्री ओबामा र नितन्याहूसँगको वार्तासम्बन्धी मुख्य विषय रहेका छन् ।
श्री ओबामासँगको वार्ताअघि श्री नितन्याहूले अमेरिकी काङ्ग्रेस पुग्नुभई प्रतिनिधि सभाका सभामुख पेलोसी र केही महत्वपूर्ण सांसदहरुसँग भेट गर्नुभएको थियो।