प्रधानमन्त्री अभिसित भेजाजीभाले आन्दोलनकारीहरुले दिएको समयसीमाका अगाडि नझुक्ने बताउँदै आएका छन्।
तर विवाद अब तेस्रो सातामा प्रवेश गरिसकेको अवस्थामा दुवै पक्षले सहमति खोजीरहेको संकेत दिएका छन्।
दुई सातादेखि चलेको होहल्लापूर्ण र रङ्गीचङ्गी प्रदर्शनपछि एउटा प्राज्ञिक अनुसन्धान संस्थाको अनौठो वातावरणमा दुवै पक्षबीच वार्ता भएको थियो।
प्रधानमन्त्री भेजाजीभा आफ्ना दुईजना विश्वासपात्रका बीचमा बसेका थिए।
वार्तामा अन्य कुनै मन्त्री सहभागी थिएनन्।
टेबुलको अर्को पट्टि रातो शर्ट लगाएका तीन जना आन्दोलनकारी नेताहरु बसेका थिए।
दुवै पक्षले आ, आफ्ना धारणा राखेका थिए।
वार्ता
रातो कमीज लगाएका वार्ताकारहरुले प्रधानमन्त्रीलाई आफुहरुले व्यक्तिगत रुपमा सम्मान गरेको बताएका थिए।
तर उनीहरुले सन् २००६ पछि देशले भोगिरहेका समस्याहरुसँग जुध्न ताजा चुनाव गराउनु पर्ने आफ्नो माग दोहोराएका थिए।
प्रधानमन्त्रीले चाहिं आम चुनावले समस्याको समाधान गर्छ वा अहिलेका विभाजनहरुलाई झन् बढाउछ भनी प्रश्न गरेका थिए।
रातो कमीज लगाएका प्रदर्शनकारीहरुले आइतबार ब्याङककमा ठूलो प्रदर्शन गर्ने तयारी गरेका थिए।
तर वार्ताको वातावरण बनेपछि स्थिति बदलिएको छ।
यद्यपि ताजा सहमति हुने कुनै संकेत देखिएको छैन।