भारतद्वारा अग्नी एक छोटो दूरी ब्यालेष्टिक क्षेप्यास्त्रको सफल परीक्षण प्रक्षेपण

आज दिउँसो भारतले "अग्नी एक" नामक छोटो दूरीब्यालेष्टिक क्षेप्यास्त्रको सफलताका साथ परीक्षण प्रक्षेपण गर्‍यो। जसबाट सो क्षेप्यास्त्रको उडान क्षमतामाथि जाँचबुझ गर्नसकिनेछ।

  इन्दो एशियन समाचार समितिका अनुसार, एउटा "अग्नी एक" क्षेप्यास्त्र ओरिसा प्रदेशको समुद्री तटवर्ती क्षेत्र विलर टापूमा पर्ने परीक्षण केन्द्रमा परीक्षण प्रक्षेपण गरिएको थियो। सो परीक्षण केन्द्रका एक जना पदाधिकारीले उक्त परीक्षण प्रक्षेपण सफल रहेको जानकारी दिनुभयो।

  भारतले यस साप्ताहान्तमा छो‌टो दूरी ब्यालेष्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको यो तेश्रो पटक हो।