बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
-गणेश चुदाली
सन्धिखर्क, अर्घाखाँची – नेपाल लेखापढी कानुन व्यवसाय एशोसिएसन अर्घाखाँचीको पाचौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले तारा बहादुर बेल्बासेको अध्यक्षतामा ११ सदस्यिय जिल्ला समितिको चयन गरेको छ । नवगठित समितीको उपाध्यक्ष शिव प्रसाद श्रेष्ठ, सचिव मणिराम भुसाल, सहसचिव भरतमणि पन्थी र कोषाध्यक्षमा फर्सुराम पाण्डे रहनु भएको छ।
नवगठित समितीको सदस्यहरुमा सावित्रा गौतम, लक्ष्मण न्यौपाने, हमित मिया, टोप प्रसाद भुसाल, होमनाथ ज्ञवाली र बुद्धिराम चुदाली हुनुहुन्छ । अधिवेशनले तोज बहादुर रायमाझी र सम्भु के.सी लाई केन्द्रिय प्रतिनिधि चयन गरेको छ।
यसअघि एशोसियसनको एक समरोहका बिच स्थानिय निकाय अधिकारी पुण्ड्य बिक्रम पौडेलले उद्द्घाटन गर्नुभएको थियो। उद्द्घघाटन सत्रमा मन्त्व्य राख्दै उहाले लेखापढि व्यासायीहरुले जनतालाई छिटो र छरितो काम गर्न सेवा प्रदान गर्नुपर्ने बताउनु भएको थियो।
तोज बहादुर रायमाझीको अध्यक्षता र सचिव मणिराम भुसालको सन्चालनमा सम्पन्न उद्धघाटन कार्यक्रममा नेपाल बार एशोसियसन अर्घाखाँचीका अध्यक्ष के.बी भुसाल, जिल्ला मालपोत अधिक् त हेमनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघका अध्यक्ष निम बहादुर रिजाल, उपाध्यक्ष राम बहादुर चौहान लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो।
—————
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।