पाकिस्तानका तालिबान विद्रोहीहरुले पेशावरस्थित अमेरिकी कन्सुलेटमा हमला

पाकिस्तानस्थित तालिबान विद्रोहीहरुले कम्तीमा तीन जनाको ज्यान जानेगरी सोमबार सबेरै पाकिस्तानी शहर पेशावरस्थित अमेरिकी कन्सुलेटमा गरिएको हमलाको जिम्मा लिएका छन्।

कन्सुलेट भवन नजीकै ठूल्ठूला श्रृङ्खलावद्ध विष्फोटनहरु भएका थिए।

तर हमलाकारीहरु कन्सुलेटभित्र प्रवेश गर्न भने सकेनन्।

एक छुट्टै घटनामा उत्तर पश्चिम पाकिस्तानमा गराईएको एक आत्मघाती बम हमलामा कम्तीमा जनाको ज्यान गएको छ।

प्रत्यक्षदर्शीहरुले केही मिनटको अन्तरमा ठूल्ठूला श्रृङ्खलावद्ध विष्फोटनहरु भएको जनाए।

बन्दूक हानाहान चलिरहंदा एकै छिनमा एम्बुलेन्स र प्रहरीका गाडीहरु घटनास्थलमा पुगेका थिए।

संयोजित हमला

यो एउटा राम्रोसंग योजना बनाईएको तथा संयोजित हमला थियो।

पाकिस्तान सरकारका एकजना मन्त्रीले भारी हातहतियार बोकेका चारजना मानिसहरुले कन्सुलेटको सुरक्षा घेरा तोडदै जबर्जस्ती परिसरभित्र छिर्न खोजेको बताए।

अन्य विवरणहरुमा हमलाकारीहरुको संख्या अझ बढिरहेको बताईएको छ।

विष्फोटनका कारण नजीकै रहेका भवनहरु नराम्रोसंग क्षतिग्रस्त भएका थिए भने कैयौं हताहत भएका थिए।

पाकिस्तानमा कुनै अमेरिकी नियोगमाथि सिधै हमला गरिएको गत पांच वर्षमा यो पहिलो पटक हो।

तालिबान तथा अल कायदासंग संबद्ध उग्रवादी समूहहरुले हालै एक वक्तव्य जारी गरी अब उनीहरुले गैरसैनिकहरुको सट्टा सैनिक र विदेशी निशानाहरुमाथि हमला गर्ने चेतावनी दिएका थिए।

सोमबार एक छुट्टै घटनामा उत्तर पश्चिम पाकिस्तानको स्वात उपत्यका क्षेत्रमा एउटा राजनीतिक
–यालीमा गराईएको सन्दिग्ध आत्मघाती बम हमलामा कम्तीमा त्रिचालिस जनाको ज्यान गएको बताईएको छ।

अरु कैयौं घाइते भएका थिए।

सो –यालीको आयोजना अवामी नेशनल पार्टी नामक एउटा धर्मनिरपेक्ष राष्ट्वादी राजनीतिक दलले गरेको थियो।