सन्धिखर्कमा जनआन्दोलन दिवस,सत्ता कब्जा गर्ने माओवादीको चेतावनी – (तस्बिर सहित)

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी http://www.timesofearth.com/ THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– वीरेन्द्र के.सी

सन्धिखर्क, अर्घाखाँची – माओवादी डेपुटी कमाण्डर चन्द्र प्रकाश खनाल वलदेवले अब कब्जा गरेर सत्ता हातमा लिनु बाहेक अरु विकल्प नभएको बताए । सबैभन्दा ठुलो पाटीलाई पछाडी पारेर हरुवाहरुले सरकार चलाउने अधिकार नभएको भन्दै उनले माओवादीको नेतृत्वमा सरकार बन्न नदिए सत्ता कब्जा गरेर सरकार चलाउने चेतावनी दिए ।

जसको लागि विह्रोह पनि हुन सक्ने छ माओवादी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको २१ सौं ऐतिहासिक जनआन्दोलन दिवसमा बोल्दै उनले भने विद्रोह मार्फत सत्ता कब्जा भएरै छाडछ । माधव नेपालको सरकारले जेठ १४ भित्र संविधान बनाउन सक्दैन संविधान निर्माण गर्न र शान्ती प्रकि्रयालाई निर्कषमा पुयाउन माओवादी नेतृत्व बिना अरु विकल्प छैन अरु पाटी सक्दैनन । उनले सहमतीको आधारमा माओवादीको नेतृत्वमा सरकार बन्न नदिए विह्रोह गरेर सत्ता कब्जा गरेरै छाडने चेतावनी दिए ।


 
 मावध नेपाल सरकार असफल भएकाले सरकारमा बस्न नैतिकताले पनि नहुने बताए । उनले नेपाली सेना जनताको सेना हुन कहिल्यै सकेन उ राजा र जमिन्दारको सेना भएकाले जनमुक्ती सेना जनताको लागि लडाई लडेर आएकाले नेपाली सेनासँग तुलना गर्न नहुने बताए । उनले जनमुक्ती सेना बिघटन नगर्ने बताउँदै अब विह्रोहको लागि जनताको पक्षमा हतियार उठाउने बेला आएको बताए । उनले नेपाली सेनामा जागिर खान जनमुक्ती सेना नजाने बताए ।

अबको लडाई नयाँ ढगबाट अगाडी बढद सतिवालय सदस्य समेत रहेका वलदेबले भने प्रतिगमन र अग्रगमनको बीचमा मात्रै ठुलो लडाई हुन्छ । उनले राजाको शाही कालमा गिरिजा प्साद कोईरालाले सेनाका ब्यारेक आक्रमण गर्नमा सघाएको र ठुलो क्षेती हुने गरी आक्रमर्ण गर्न पनि बताए । उनले कोईरालाको निधनले माओवादीलाई ठुलो घाटा भएको छ उनले भने तर काग्रेसले गिरिजाको योगदानलाई पोलेर खाने दाबी गरे ।


 
उनले एमाले र काग्रेस पाटी नभएर क्लब भएको आरोप लगाए । पुर्व राजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउदै फेरी उठन खोजे अब प्रुान्समा जस्तै ज्ञानेन्द्रको टाउको काटेर जनताले फटुवल खोल्ने चेतावनी दिए ।  सभामा माओवादीका केन्द्रीय सदस्य राम प्रसाद बाजाडे टंकमणि केन्द्रीय सल्लाहकार राजु नेपाली विष्णुहरि शर्मा पिताम्बर आचार्य मगरात राज्य समिति सदस्य गोविन्द केसी प्रकाश जिल्ला सह ईन्चार्ज हिमकला गैरे लगायतले बोलेका थिए ।
 
कार्यक्रम माओवादी जिल्ला ईन्चार्ज चन्द्र बहादुर खडका उज्ज्वल सेक्रेटरी ठाकेर कुमार विक किशोरको साचालनमा सम्पन्न भएको थियो । सभामा जिल्लाका ४२ वटै गाविसबाट करिब ३ हजार कार्यकर्ता सन्धिखर्क आएका थिए । कार्यकर्ता ५ घण्टाको पैदह हिडेर नारा जुलुस सहित सन्खिधर्क आएको माओवादीले जनाएको छ ।

"माथिका सम्पूर्ण तस्बिरहरु सन्धिखर्क स्थित हाम्रा सहयोगी विरेन्द्र के.सी लिनुभएको हो "

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।

अन्य समाचारहरु