रमल्लाह – प्यालेस्टिनी सरकारलाई हल्लाउने गरी प्रधानसेनापति हुस्सेनको यौनमा लिप्त एक भिडियोटेप बाहिर आएपछि प्यालेस्टिनी राष्ट्रपतिले उनलाई पदबाट बर्खास्त गरेका छन्।
फेब्रुअरीमा इजरायली टेलिभिजनले रफिक नाङ्गिएर एक महिलालाई संभोगका लागि आमन्त्रण गरिरहेको एउटा भिडियो दृश्य प्रसारण गरेको थियो।
यो भिडियो टेपले अनुदारवादी प्यालेस्टिनी समाजमा ठूलो हलचल ल्याएको थियो भने राष्ट्रपति महमुद अब्बास र उनका सहयोगीहरूमाथिको जनविश्वास खस्केको थियो। एपी