सिद्धारा गाविसस्थित एक वनमा लागेको आगो अझै नियन्त्रणमा आएन

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– गणेश चुदाली

अर्घाखाँची २५ चैत्र  । अर्घाखाँचीको सिद्धारा गाविसस्थित एक वनमा सोमवार
देखि लागेको आगो आज  साझ सम्म नियन्त्रणमा आउन सकेको छैन ।
 प्रहरी र स्थानीयबासिन्दाहरु बुधवार बिहानैदेखि आगो नियन्त्रणमा लिन
प्रयास गरिरहे पनि आगो नियन्त्रण भन्दा बाहरि रहेको छ ।

सिद्धारा गाविसको वार्ड नं। ७ कसेरी सामुदायिक वनमा सोमवार  सल्केको आगो
नियन्त्रणमा आउनु नसकेपछि झण्डै १७ हेक्टर जङ्गल आगोले नष्ट बनाईसकेको छ।

 दुई दिन अघि सो वनमा सल्केको आगोले ठुलो रुप लिएपछि वार्ड नं। १ २ र ७
को उपल्लो सिद्धारा तल्लो सिद्धारा र माँझ गाउँमा मगलवार साँझ हावाको
गतिसँगै वस्ती वरिपरी आगो आएपछि प्रहरी र स्थानीयबासिन्दाले बस्तीलाई
वचाउन बुधवार दिउसो  अबेरसम्म हरियो स्याउला र माटोको सहायताले आगो
निभाउने प्रयास जारी राखे पनि आगो नियन्त्रण आउनेकेको स्थानीय वासीन्दाले
बताएका छन्  ।

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।

अन्य समाचारहरु