बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
– वीरेन्द्र के.सी
अर्घाखाँची- जिल्ला सदरमुकाममा एक रोपनी जग्गाको मुल्य डेढ करोड भन्दा
बढी पुगेको छ । घडेरी किन्नेको सख्या बढदै गएपछि जग्गाको मुल्य आकाशिएको
हो । सन्धिखर्कमा तीन वर्ष यता जग्गाको मुल्यमा हवात्तै वृद्धि भएको छ ।
द्धन्द समाप्तीसँगै घडेरी किन्ने धेरै भएपछि मुल्य चौगुनाले बढदै गएको छ
। काठमाडौ बुटवललाई पनि उछिन्दै सन्धिखर्कमा चर्काे मुल्यमा घडेरीको
कारोवार भैरहेको छ । सन्धिखर्क र चुत्रावेशीको मुख्य र भित्र रोडमा
जग्गा सकिएपछि प्लाटिङ गरिएका सयौ रोपनी खेतमा पनि घडेरी पाईन छाडेको छ ।
यहाँ सरकारी दररेड भन्दा पाँचौ गुना बढी मुल्यमा घडेरीको कारोवार भैरहेको
छ मालपोत कार्यालयका अधिकृत हेमनाथ ज्ञवालीले भने काठमाडौ र बुटवलमा
भन्दा अर्घाखाँचीमा जग्गाको मुल्य चर्काे भयो । सन्धिखर्कको मुख्य बजारको
रोडमा ४/५ लाख रुपैया मिटरमा घडेरी बिक्री भएको छ । यो हिसाबले एक
रोपनीको डेढ करोड भन्दा बढी हुन आउँछ ज्ञवालीले भने यो न्युनतम तथ्याङ्क
हो यस भन्दा बढी छ घटी छैन । किनबेचको सही मुल्य छैनएकै दिनमा किनेको
मुल्य भन्दा दोब्बरमा पनि बिक्री हुने गर्छ यसरी हेर्दा डेढ देखी दुई
करोड रोपनीलाई पर्न आउँछ ज्ञवालीले भने । पाँच सय सय ८ वर्ष मिटरको एक
रोपनी हुने गर्छ ।
सदरमुकामको मुख्य चोक शान्ती बगैचा मिडियाचोकविपी चोक हल लाईनटुडिखेल
लाईन बैक रोड ईशाराटोल लगायतका प्रमुख चोकमा रोपनीको डेढ करोड भन्दा बढी
मुल्य छ । द्धन्दमा दुई पटकसम्म सदरमुकाम आक्रमणमा परि ध्वस्त हँदा
सुनसान भएको थियो ।
द्धन्दमा यहाँबाट विस्थापित भएका व्यापारी उद्योगति लगायत राजनैतिक दलका
नेता जिल्लामा फर्किसकेका छन । तीन वर्ष भित्रमा घडेरीको मुल्य चर्कियो
उद्योग वाणिज्य संघका सचिव नेत्र भुसालले भने पश्चिमााचलको पहाडी जिल्ला
मध्ये अर्घाखाँची नमुना जिल्लाको रुपमा विकसित हुँदै गएकाले जग्गाको
मुल्य आकाशिएको हो ।
सदरमुकामको प्रमुख केन्द्र मात्र नभएर भित्रि जग्गामा पनि चर्काे मुल्यमा
घडेरीको कारोवार भैरहेको छ । ढोरपाटन सालझण्डी सन्धिखर्क सड्क निर्माण
हुन थालेपछि सन्धिखर्क हुदै प्युठान रोल्पा गुल्मीको सदरमुकामसम्म सड्क
जोडिन भएकाले सन्धिखर्क चार जिल्लाको प्रमुख नाका र राजधानीका रुपमा आउने
भविश्य हेरेर जग्गा किन्ने बढी भएकाले मुल्य बढेको हो ।
खेतीयोग्य जमिन मासेर घडेरीमा प्लाटिङ गर्दा सदरमुकामका खेत मासिदै गएका
छन । समथर भुभाग मात्रै नभएर अग्ला र उच्च स्थानमा रहेका ठुला डाँडा पनि
घडेरीमा बिक्री भैसकेका छन । द्धन्दमा घडेरी किनबेचमा मन्दी आएपनि
पछिल्लो पटक चर्काे मुल्यमा बिक्रीमा दोब्बर वृद्धि भएको छ ।
सदरमुकाम नजिकका गाउँ कुर फदवाङ विहारअर्घा वाङला हटारी लगायतका गाउँमा
भएका बारी र खेतीयोग्य जग्गा पनि टुक्राएर घडेरीका रुपमा बिक्री भैरहेको
छ । प्रत्येक दिन जग्गाको मुल्यमा वृद्धि भैरहेको छ । जग्गाको मुल्य
आकाशिदै जाँदा बैकबाट हाउजिङ लोनले यहाँ केही असर नगरेको मालपोत
कार्यालयले जनाएको छ ।
अर्घाखाँचीको ठाडा अमराई ठाडादह लगायत सन्धिखर्कमा बसोबासका लागि उत्तम
ठाउँ भएकाले बाहिर जिल्लाबाट पनि यहाँ घडेरी किन्नका साथै गर्मी समयमा
घुम्न आउने गरेका छन । उता जिल्लाबाट ९० प्रतिशत पुरुष वैदेशिक रोजगारमा
गएकाले सुविधा खोज्दै सदरमुकाम आउनेको सख्या पनि बढेकाले सदरमुकाममा
जग्गा किन्न मुस्किल छ चुत्रावेशीका स्थानीय जग्गाधनी बाबुराम भुसालले
भने घडेरी किनेपछि दुई चार वर्षमा दोब्बर मुल्य पर्छ र भविश्य उज्ज्वल
हुन्छ भन्ने उद्देश्यले घडेरी किन्नेको खचाखच भएको हो ।
यस्तै हो भने दुई चार वर्षमै सदरमुकाममा रहेको हजारौ रोपनी खेत पनि
नरहेने स्थिति आउन सक्न उनले भने सदरमुकाममा भन्दा गाउँमा बढी पैसा छ
सदरमुकाममा एउटा घडेरी जसरी पनि किन्नुपर्ने लहर भलेको छ । गाउँमा बसेका
अधिकाशंले सदरमुकाममा भर्काे मुल्यमा घडेरी किनेका छन ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।