सिद्धारामा स्थानीय गाउँले र माओवादीले बनाए काठे पुल – (तस्बिर सहित)

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– वीरेन्द्र के.सी

अर्घाखाँचीको सिद्धारा गाविसको राङसी खोलमा निर्माण गरिएको अस्थायी काठे पुल सरकारले पुल नबनाईदिएपछि स्थानीय गाउँले र माओवादीले २०५९ सालमा काठे पुल बनाएका हुन ।

 

वर्षाको समयमा ठुलो बाढी आउने भएकाले आवत जावत यहि जोखिमपुर्ण काठे पलुबाट गर्छन । यो पुलबाट दुईउ हजार बासिन्दाले दैनिक
प्रयोग गर्दै आएका छन ।

पुल निर्माणको लागि माग गर्दा कसैले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ । काठ लामो समयसम्म नटिक्ने भएकाले वर्षाको समयमा कम्तिमा पनि ५ पटक मर्मत गर्छन ।

विकट सिद्धारा गाविसका १५ वटा खोलमा पुल नहुँदा वर्षाको बेला वारीपारी गर्न सक्दैनन । विकट र छरिएर रहेको वस्ती भएकाले खोला तर्न नसक्दा बिरामीले उपचार पाउन नसक्दा वर्षेनी कम्तिमा १० जनाको अकालमै ज्यान गरेको स्थानीले बताए ।

अधिकाश विद्यार्थी वर्षाको बेला विद्यालय जान सक्दैनन ।

तस्बिर -वीरेन्द्र केसी-अर्घाखाँची

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।

अन्य समाचारहरु