पाकिस्तानमा संविधानको सत्रौं संशोधन प्रस्ताव खारेज गरियो

पाकिस्तानको संसदले आज संविधानको सत्रौं संशोधन प्रस्ताव खारेज गर्ने कुरामा स्वीकार गरेको सिङ्गव्हा समाचार समितिले जनाएको छ। यसैगरी राष्ट्रपति र सेनाका पदाधिकारीको अधिकार कम पारिएको छ र प्रधानमन्त्रीको अधिकार भने बढाएको छ।

   सन् 2003मा श्री परवरेज मुशरफको शासनकालमा सो प्रस्ताव पारित गरेको थियो।

   यसका साथै, आजै पाकिस्तान संसदले स्वदेशको उत्तर-पश्चिमी सिमा प्रान्तको नामलाई खाइबर पाशतुन प्रान्तमा परिवर्तन गर्ने सुझावलाई पनि स्वीकार गरेको छ।